News Portal

फास्ट ट्र्याक सम्पन्न गर्न अझै १ खर्ब ७५ अर्ब अपुग

हिमालीसंचार संवाददाता
३६३ पटक

काठमाडौं। काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) सम्पन्न गर्न अझै १ खर्ब ७५ अर्ब आवश्यक पर्ने देखिएको छ। राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन समितिले द्रुतमार्ग सम्पन्न गर्न थप १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने निष्कर्ष निकालेको हो।

समितिको बिहीबार बसेको बैठकले फास्ट ट्र्याक निर्धारित समयमा नै सम्पन्न गराउनका लागि आवश्यक पर्ने थप रकम व्यवस्थापनका लागि सरोकारवाला मन्त्रालयहरूसँग छलफल गर्ने निर्णय गरेको छ। यसअघि सो समितिले फास्ट ट्र्याकको अवलोकन भ्रमणसमेत गरेको थियो।

समिति सभापति रामनारायण बिडारीले फास्ट ट्र्याक सम्पन्न गर्न थप १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको र आयोजना सम्पन्न गर्न रकम सुनिश्चितताका लागि सरकारका सम्बन्धित सरोकारवाला मन्त्रालयसँग छलफल गरिने बताएका छन्।

सरकारले फास्ट ट्र्याकको आगामी २०८१ सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। आयोजनाको निर्माणमा भने ढिलासुस्ती हुँदै आएको पाइएको छ। ढिलासुस्तीका कारण निर्धारित मितिमा आयोजनाको निर्माण सम्पन्न हुनेमा शंका उब्जिन थालेको छ।

आयोजनाको निर्माण कार्य जारी रहेकै अवस्थामा संसदीय समितिले भने आयोजना सम्पन्न गर्न रकम अपुग देखिएको जनाएको हो।

समितिले विभिन्न मन्त्रालयबीच समन्वय नभएका कारण काम गर्न ढिलाइ भइरहेको भन्दै मन्त्रालयबीचमा समन्वय बढाई काम सम्पन्न गराउने विषयमा पनि सम्बन्धित मन्त्रालयसँग छलफल गरी समितिले आगामी दिनमा निर्देशन दिने जनाएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...