News Portal

तपाईंको राशिफल : आज वि.सं.२०७५ साल असोज १८ गते बिहीबार

हिमाली संचार संवाददाता
९०२ पटक

इश्वी सन् २०१८ अक्टोबर ४ तारिख, नेपाल संवत् ११३८, दशमीतिथि !

– ज्योतिष लक्ष्मीप्रसाद बराल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। तर बुद्धिको उपयोगले जटिल काम समेत सम्पादन हुनेछ। ईर्ष्या गर्नेहरूलाई मेहनतको जवाफ दिन सफल भइनेछ। टाढिएका आफन्तजन नजिकिनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आवेशमा काम गर्दा विवादमा परिने सम्भावना छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अवसर प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा समस्या झेल्नुपर्ला। रचनात्मक काममा जुट्ने समय छ। तर, सहयोगीहरूले हात झिक्नुका साथै परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। अग्रजहरूको सहमति नाजुट्नाले काममा बाधा पुग्नेछ। योजना प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। हिसाबकिताबमा होसियार रहनुहोला। सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
केही कठोर निर्णय लिनुपरे पनि चिताएको काम सम्पादन हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग रमाइलो भेटघाट हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। भैपरी आउने खर्चले धन अभाव हुनेछ। समय दिन नसक्दा बन्न लागेको काम रोकिन सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। आम्दानीका स्रोत भने अलि कमजोर बन्ने देखिन्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान सिक्ने योग छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अवसर प्राप्त भए पनि आँटले काम लिन नसक्दा पछि परिनेछ। अहिलेको फाइदा हेर्दा पछिको फाइदा घट्नेछ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउनेछन्। सानोतिनो कामले लक्ष्यमा पुग्न अलमल्याउनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
सहयोगीहरूले राम्रो सहयोग जुटाउनेछन् भने प्रयत्न गर्दा नयाँ काम थालनी हुनेछ। समुदायको हितमा केही काम गर्न सकिनेछ। तर परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
स्वास्थ्य कमजोर रहनेछ भने न्यून उपलब्धिका लागि धेरै समय खर्च हुनेछ। तापनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। गोपनीयतामा भने विशेष ध्यान पुर्याउनुहोला। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। सोचेको उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। परिवारजनको साथले उत्साह जगाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ। वैधानिक प्रावधानले केही अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। व्याहारिक अलमलले पनि आँटेका काममा बाधा पुर्याउनेछ। केही चुनौतीहरू देखिनेछन्। सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला। पेटको खराबीले स्वास्थ्य कमजोर हुन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा पछि परिनेछ। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। तापनि चुनौती पन्छाएर नयाँ काममा जग बसाउने अवसर प्राप्त हुनेछ। मिहिनेतको उचित प्रतिफल प्राप्त हुनेछ। (नेपाली पात्रो)

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...