News Portal

नीर शाह अभिनित ‘माइ वाइफ इज एलियन’ ट्रेलर रिलिज

हिमालीसंचार संवाददाता
३१९ पटक

काठमाडौं। साइन्स फिक्सन वेब सिरिज ‘माई वाइफ इज एन एलियन’ र सुपरहिरो फिल्म ‘सुपर धने’ निर्माण घोषणा गरिएको छ। उक्त सिरिजको शुक्रबार छायांकन इन्ड-कल्याप गरिएको हो। सिरिजको ट्रेलरसमेत इन्टरनेट लन्च गरिएको छ।

वेब सिरिजमा नीर शाह, प्रज्ञा जोशी, बुद्धि तामाङ, गौरव पहारी, रिस्ता बस्नेत, सरोज दाहाल, मनिष दोलखाली, रविना वस्ताकोटी, तलिसा गुरुङ, आरजे सिंहलगायतका कलाकारको अभिनय छ।

सिरिजमा बालकलाकार प्रिया वाइवा, गुष्मा मोक्तान, सिजन पन्ती, युकी उलककोसमेत अभिनय छ। आरजे सिंह कार्यकारी निर्माता रहेको सिरिजको छायांकन, सम्पादन र भएफएक्स जोन राईको रहनेछ।

सिरिजमा विकास चौधरीको संगीत, निर्देशक सिंहको कविता र गीत रचना, प्रिया नगरकोटी र सञ्जु ढकालको मेकअप र हेयर डिजाइन, सरोज दाहालको मुख्य सहायक निर्देन र इश्वर घिमिरेको व्यावस्थापन छ।

जम्मा ५ एपिसोड निर्माण गरिएको वेब सिरिज र फिल्मको निर्माण घोषणा कार्यक्रममा अभिनेत्री करिष्मा मानन्धर र निर्देशक घनश्याम लामिछाने अतिथिको रुपमा उपस्थित थिए। उनीहरुले कार्यक्रममा बोल्दै नेपालमा पहिलोपटक फरक विषयमा फिल्म र वेब सिरिज निर्माण गर्ने चुनौती मोलेको भन्दै सफलताको शुभकामना दिए।

यही टिमको सहकार्यमा बन्ने सिनेमा ‘सुपर धने’को छायांकन अर्को वर्षको कार्तिक अर्थात नोभेम्वरबाट छायांकन हुने भएको छ। अहिले पटकथा लेखन कार्य भैरहेको निर्माण टिमले जानकारी दिएको छ। फिल्म छायांकन नेपाल र युरोपमा गरिनेछ। यसका लागि चाँडै कलाकार छनोट काम सुरु हुने निर्देशक सिंहले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...