News Portal

नीर शाह अभिनित ‘माइ वाइफ इज एलियन’ ट्रेलर रिलिज

हिमालीसंचार संवाददाता
३३९ पटक

काठमाडौं। साइन्स फिक्सन वेब सिरिज ‘माई वाइफ इज एन एलियन’ र सुपरहिरो फिल्म ‘सुपर धने’ निर्माण घोषणा गरिएको छ। उक्त सिरिजको शुक्रबार छायांकन इन्ड-कल्याप गरिएको हो। सिरिजको ट्रेलरसमेत इन्टरनेट लन्च गरिएको छ।

वेब सिरिजमा नीर शाह, प्रज्ञा जोशी, बुद्धि तामाङ, गौरव पहारी, रिस्ता बस्नेत, सरोज दाहाल, मनिष दोलखाली, रविना वस्ताकोटी, तलिसा गुरुङ, आरजे सिंहलगायतका कलाकारको अभिनय छ।

सिरिजमा बालकलाकार प्रिया वाइवा, गुष्मा मोक्तान, सिजन पन्ती, युकी उलककोसमेत अभिनय छ। आरजे सिंह कार्यकारी निर्माता रहेको सिरिजको छायांकन, सम्पादन र भएफएक्स जोन राईको रहनेछ।

सिरिजमा विकास चौधरीको संगीत, निर्देशक सिंहको कविता र गीत रचना, प्रिया नगरकोटी र सञ्जु ढकालको मेकअप र हेयर डिजाइन, सरोज दाहालको मुख्य सहायक निर्देन र इश्वर घिमिरेको व्यावस्थापन छ।

जम्मा ५ एपिसोड निर्माण गरिएको वेब सिरिज र फिल्मको निर्माण घोषणा कार्यक्रममा अभिनेत्री करिष्मा मानन्धर र निर्देशक घनश्याम लामिछाने अतिथिको रुपमा उपस्थित थिए। उनीहरुले कार्यक्रममा बोल्दै नेपालमा पहिलोपटक फरक विषयमा फिल्म र वेब सिरिज निर्माण गर्ने चुनौती मोलेको भन्दै सफलताको शुभकामना दिए।

यही टिमको सहकार्यमा बन्ने सिनेमा ‘सुपर धने’को छायांकन अर्को वर्षको कार्तिक अर्थात नोभेम्वरबाट छायांकन हुने भएको छ। अहिले पटकथा लेखन कार्य भैरहेको निर्माण टिमले जानकारी दिएको छ। फिल्म छायांकन नेपाल र युरोपमा गरिनेछ। यसका लागि चाँडै कलाकार छनोट काम सुरु हुने निर्देशक सिंहले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...