News Portal

हङकङमा अहिले सम्मकै उच्च संक्रमण १६४ जानामा संक्रमण

हिमालीसंचार संवाददाता
२९१ पटक

युवा राई – हङकङ  सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार कोभिड-१९ को नयाँ १६४ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ। यो महामारी पछिकै सर्वाधिक उच्च सङ्ख्या हो।कुल १६४ संक्रमितमध्ये ४७ आयातित र बाँकी ११७ स्थानीयसंग सम्बन्धित रहेका छन्। ७ केसको संक्रमणको स्रोत खुलेको छैन।आज पनि करिब १०० प्रारम्भिक केसहरू रेकर्ड भएका छन्।
धेरै जसो केसहरू ओमिक्रोन भेरियन्टसँग सम्बन्धित रहेका छन् भने तीन देखि चार केसहरू मात्र डेल्टा भेरियन्टसंग सम्बन्धित रहेको स्वास्थ्य अधिकारीले बताएका छन्।
हङकङकी कार्यकारी प्रमुख क्यारी लामले बिहीबार एक पत्रकार सम्मेलनमा बोल्दै सबै विद्यालयको आमने-सामने (फेस टु फेस) कक्षाको निलम्बन फेब्रुअरी २१ सम्म लम्बाइने बताएकी छन्। अर्को महिनाको १७ तारिखसम्म दुई हप्ताको लागि ठूलो मात्रामा भीडभाड र जमघट गर्न पनि नपाउंने जनाइएको छ।
त्यस्तै, सरकारले फेब्रुअरी २४ देखि “भ्याक्सिन बबल” लाई धेरैजसो इनडोर स्थानहरूमा विस्तार गर्ने जनाइएको छ। खोप लगाएकोले मात्र “भ्याक्सिन पास” लिएर ती स्थानहरूमा प्रवेश गर्न पाउंने छन्।
यसैबीच, क्यारी लामले हङकङ आउने यात्रुहरूका लागि २१ दिनको क्वारेन्टिन समयलाई ५ फेब्रुअरीबाट १४ दिनमा घटाउने बताएकी छन्। यद्यपि तिनीहरूले आगामी ७ दिनसम्म मेडिकल निगरानीमा बस्नु पर्ने बताएकी छन्।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...