News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • तपाईको राशिफल: आज वि.सं २०७८ साल माघ १० गते साेमवार, सन् २०२२ जनवरी २४ तारिख

    हिमालीसंचार संवाददाता
    ३०४ पटक

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

    मेष – ARIES
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ हुनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। दिगो काम थालनी हुनेछ। पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ।

    वृष – TAURUS
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    अवसरले पछ्याए पनि परिस्थिति संघर्षमय रहनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनेछ। दिगो कामलाई केही समय पर्खनुपर्ला। पहिलेका सहयोगीहरू पछि हट्नाले कामको चाप बढ्नेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। अध्ययनमा समय दिन नसकिएला। विवादास्पद जिम्मेवारी आउन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ।

    मिथुन – GEMINI
    का, कि, कु, घ, ङ, छ, के, को, ह

    परिस्थिति आफ्नै लागि प्रतिकूल रहला। हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले काम दोहोर्याउनुपर्ला। बेसुरको व्यवहारले समस्या निम्त्याउनेछ। महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान्। निर्णायक मोडमा दुविधा हुने हुँदा हतारमा निर्णय नलिनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ। गोपनीयतामा सावधान रहनुहोला।

    कर्कट – CANCER
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नाले थप काम गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीबाट जाेगिएर काम गर्नुहाेला। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ।

    सिंह – LEO
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अरूको आलोचना गर्दा आफैंलाई हानि हुनेछ। असंयम व्यवहारले सहयोगीहरू टाढिन सक्छन्। अध्ययनमा धेरै समय दिन नसकिएला। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। व्यापारमा केही लाभांश मिल्नेछ।

    कन्या – VIRGO
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    आँटले काम लिन नसक्दा व्यवहारमा पछि परिनेछ। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आगन्तुकहरूले अलमल्याउने हुँदा काममा समय दिन नसकिएला। तापनि विगतका कमजोरीलाई सुधार गर्ने मौका पाइनेछ। बुद्धिको उपयोगले ढिलै भए पनि काम बन्न सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। विश्वासपात्रमाथि शंका जाग्न सक्छ।

    तुला – LIBRA
    र, रि, रु, रे, रो, ता, ति, तु, ते

    आफ्नै बेहोसीले नोक्सान पुर्याउन सक्छ। बलजफ्तीले पनि बाधा पुर्याउनेछ। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। होसियारीसाथ काममा जुट्नुहोला। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुन सक्छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्।

    वृश्चिक – SCORPIO
    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।

    धनु – SAGITTARIUS
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    मिहिनेत परे पनि तारिफयोग्य कामको चर्चा हुनेछ। कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साथीभाइकाे साथ–सहयाेग जुट्नाले सजिलै काम बन्नेछ।

    मकर – CAPRICORN
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, विगतका कमजोरीमा क्रमश: सुधार आउनेछ। लगनशीलताले उपलब्धि हातलागी हुनेछ। काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ।

    कुम्भ – AQUARIUS
    गु, गे, गो, सा, सि, सु, से, सो, द

    अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था रहनेछ। अरूका काममा व्यस्त बन्नुपरे पनि आफ्ना कामको मेसो नमिल्दा पछि परिएला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने काेसिस गर्नेछन्। गाेप्य सूचना बाहिरिनाले समस्या पर्न सक्छ। उपलब्धिका लागि पहिले सम्पादन भइसकेकाे काम समेत दाेहाेर्याउनुपर्ला। परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ।

    मीन – PISCES
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउनेछ। सुझबुझका साथ काम लिएमा उपलब्धि प्राप्त हुनेछ। शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। पहिलेका कामबाट फाइदा भइरहनेछ। व्यापारमा भने सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला।

    प्रतिकृया दिनुहोस्

    राजसंस्थालाई फर्काउने सपना देख्नु व्यर्थ – माधवकुमार नेपाल

    काठमाडौं, वैशाख १८ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा लागू भएको संघीय...

    हल्दी कार्यक्रममा जसपा नेतृ बबी सिंहले चलाइन् पेस्तोल, प्रहरीले अनुसन्धान अघि बढायो

    सर्लाही, वैशाख १८ — जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा. बबी सिंह यादवले...

    सन्थाल समुदायका छोरीचेलीहरूलाई अव्वल बनाउन मन्टेश्वरी तालिम दिँदै

    मोरङ, वैशाख १८ – रंगेली नगरपालिकाले सन्थाल समुदायका महिलालाई लक्षित गर्दै पहिलोपटक तीन महिनाको मन्टेश्वरी...

    आजको राशिफल

    आज वैशाख १८, २०८२ (मे १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रंगेलीमा भएको आगलागी पीडितलाई सद्भावको सहयोग

    मोरङ, वैशाख १७ – रंगेली नगरपालिका–८ दर्वेशामा रहेको बिनोद पासवान र अमोद पासवानको घरमा आगलागी...