News Portal

मुम्बईमा २० तल्ले भवनमा आगलागी: ६ जना वृद्धवृद्धासहित ७ को मृत्यु, तीनको अवस्था गम्भीर

हिमालीसंचार संवाददाता
३७८ पटक

मुम्बई। भारतको मुम्बईस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने, १९ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुमा खबर छ। बीस तल्ले भवनमा भएको आगलागीमा परी मृत्यु हुनेमध्ये ६ जना वृद्धवृद्धा हुन्।

आगो तान्डदेव इलाकाको कमला सोसाइटीको १९औं तल्लामा लागेको हो। करिब पाँच घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो। आगलागीको कारण थाहा भएको छैन।

बृहन्मुम्बई महानगरपालिकाका अधिकारीका अनुसार नायर अस्पतालमा पाँच तथा कस्तुरबा अस्पताल र भाटिया अस्पतालमा एक/एक जनाको मृत्यु भएको हो। मुम्बई प्रशासनका अनुसार जलेर घाइते भएका १९ मध्ये तीन जनाको अवस्था गम्भीर छ। उनीहरुको आईसीयूमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...