News Portal

पूर्वसांसद मिठ्ठाराम शर्माले मृगौला प्रत्यारोपण गर्न नपाएपछि…

हिमालीसंचार संवाददाता
३२६ पटक

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक मृगौला प्रत्यारोपण गरिसकेका छन्। उनलाई मृगौला दिन तयार धेरै निस्किए। सबैभन्दा उत्कृष्ट र म्याचिङ मिल्नेको लिए। रोचक पक्ष यो छ कि उनले दुवैपटक महिलाकै मृगौला लिए।

नेकपा एकीकृत समाजवादी पार्टीका प्रभावशाली नेता झलनाथ खनालले पनि मृगौला प्रत्यारोपण गरे। उनले केही महिना अघि भारतबाट मृगौला प्रत्यारोपण गरे। खनाल अहिले सक्रिय जीवनमा फर्किइसकेका छन्।

ओली र खनालका लागि मृगौला दिन धेरैजना तयार भए। तर, एकजना कम्युनिस्ट नेता भने मृगौला प्रत्यारोपण गर्न नपाएर कठिन मोडमा छन्। उनी हुन् मिठ्ठाराम शर्मा बजगाईं। जसले फेसबुकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिर प्राथमिकतामा राखेका छन्। उनी २०४८ सालमा एमालेका सांसद थिए। ललितपुर क्षेत्र नं १ बाट शर्मा निर्वाचित हुँदा चर्चामा आएका थिए। शर्माले पूर्वमन्त्री केशरबहादुर बिष्टलाई पराजित गरेका थिए।

अहिले शर्मा नेपालमा मृगौला प्रत्यारोपण गर्न नपाएर कठिन मोडमा पुगेको नेकपा एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिएका छन्। कानूनी जटिलताका कारण मीठ्ठारामले मृगौला फेर्न पाएका छैनन्। उनी विदेश गएर मृगौला फेर्नसक्ने आर्थिक अवस्थाका पनि छैनन्।

शर्माले मृगौला प्रत्यारोपण गर्न चाहने कसैले पियर एक्सचेञ्ज गर्न चाहेमा एक समूहकालाई उनीसँग भएको स्वस्थ ए समूहको मृगौला दिई ओ समूहको मृगौला पाउने गरी पियर एक्सचेञ्ज गर्न भन्दै सूचना पनि सामाजिक सञ्जालमा लेखेका छन्। उनको ओ समूहको मृगौला हो। शर्माले सम्पर्कका लागि ९८४१४१३६७७ फोन नम्बर राखेका छन्।

शर्मा २०४८ सालमा सांसद जितेपछि कुनैपनि पदमा जानबाट रोकिए। कुनैपनि निर्वाचनमा टिकट पाएनन्। उनको राजनीतिक जीवनमा अवरोध आयो। शर्मा राजनीतिमा निरन्तर लागे तर अवसरबाट वञ्चित भए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...