News Portal

एनआरएनए कुवेतले तेस्रो चरणको निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै

हिमालीसंचार संवाददाता
३३४ पटक

कुवेत सिटि। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्वारा यहि शुक्रबार अर्थात २१ जनवरिका दिन तेस्रो चरणको निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। यसअघि एनआरएनए कुवेतले पहिलो चरणको सालमियास्थित मेट्रो मेडिकलसंग र दोस्रो चरणको मङ्गाफको फाहाहिल स्पोर्टिङ क्लवमा भलिबल प्रतियोगिता संगै एकैपटक MedX Medical Care संग सम्पन्न गरिसकेको छ।

तेस्रो चरणको निशुल्क स्वास्थ्य शिविर भने MedX Medical Care संग मेडेक्स हस्पिटलमै गर्ने निर्णय भएको जानकारी एनआरएनए कुवेतका महासचिव तथा तेस्रो चरणको निशुल्क स्वास्थ्य शिविर कार्यक्रमका संयोजक मानबहादुर तामाङले बताए। उनका अनुसार यसपाली महिलाहरुलाइ लक्षित गरि शिविर आयोजना गरिएको भएतापनी पुरुषहरुले पनि यसको फाइदा उठाउन सक्नेछन।

यसपालिको शिविरमा पहिलो र दोस्रो चरणमा गरिएको भन्दा फरक ढङ्गले फरक चेकजाँच हुने महासचिव तामाङले बताएका छन। यसपालिको शिविरमा उपस्थित हुनेहरुले CBC, FBS, CHOLESTEROL, ECG, URIN TEST र GP सम्बन्धी फाइदा लिन सक्नेछन। CBC (complete blood count) अन्तरगत सबै रगतसंग सम्बन्धित रोगहरु चेकजाँच हुनेछ भने FBS (Fasting blood sugar) अन्तरगत सुगर, प्रेसर इत्यादी चेकजाँच हुनेछन। त्यसपछी क्लोरोस्टेरोल ECG, URIN र GP (General Practitioner) Consultation हुनेछ।

“फरक हस्पिटलसंग फरक स्थानम यस्तो शिविर गर्दा सबैतिरको नेपालिहरुले लाभ लिन सक्छ भन्ने उदेश्यले यसपाली फाहाहिल हाम्रो रोजाइको स्थान बनेको हो।” उनले भने। उनले पहिले जस्तै बढी भिँडभाँड र अव्यवस्थित हुन्छ भनेर डाक्टर, हस्पिटल म्यानेजमेन्ट र संस्थाभित्र पनि सल्लाह गरेर रजिस्टर गरेर फाइल बनाएपछी सिधा ल्याब टेस्टमा पठाउने, ल्याबमा ब्लड र युरिन दिएपछी क्लोरोस्टेरोल र इसिजिमा पठाउने, इसिजि सकिएपछी ल्याबको आफ्नो ब्लड र युरिनको रिपोर्ट पर्खिने र रिपोर्ट आएपछी रिपोर्ट लिएर डाक्टर कन्सल्ट्रेशनमा जाने गरि सहज बाटो तय गरेको छ।

साथै, कोरोनाको बढ्दो महामारीलाई मध्येनजर गर्दै  शिविरमा आउँदा सबैले अनिवार्य मास्क प्रयोग गर्नुहुन अनुरोध गरिएको छ।

थप जानकारिका लागि सम्पर्क:

१) श्रवण गाहा मगर – ६९०५८०२७
२) सजिना गुरुङ – ६६५७८२०७
३) टीका आचार्य – ९७५९३४५२
४) मनिष केसि – ५१००३६११
५) हेमन्त नगरकोटी – ६०७५३८४९

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...