News Portal

हेलिकप्टर चढेर जेलबाट भागेका अपराधी पक्राउ

हिमाली संचार संवाददाता
६२० पटक

फ्रान्स – गत जुलाई महिनामा हेलिकप्टर चढेर एउटा जेलबाट नाटकीय ढङ्गमा भागेका एक कुख्यात अपराधीलाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ।

फ्रान्समा सर्वाधिक खोजी गरिएका रिदुअन फइदलाई प्यारिसको उत्तरतिरबाट उनका भाइ र अन्य दुई व्यक्तिसहित समातिएको बताइएको छ।

छयालीस वर्षीय फइद गुन्डाहरूबारे बनाइएका चलचित्र धेरै मन पराउँछन् र उनी तिनबाटै आफू प्रेरित भएको बताउने गर्छन्।

सशस्त्र डकैतीको आरोपमा उनलाई सन् १९९८ मा पहिलो चोटि पक्राउ गरिएको थियो। जुलाई १ मा उनी दोस्रो पटक जेलबाट भागेका थिए।

कसरी भागेका थिए?

दक्षिणपूर्वी प्यारिसस्थित कारागारको आगन्तुक कक्षमा छिरेका तीन सशस्त्र व्यक्तिहरूले उनलाई हेलिकप्टरमा राखेर भगाएका थिए।

त्यसका लागि उनीहरूले बन्धक बनाइएका एक उडान प्रशिक्षकलाई बलपूर्वक हेलिकप्टर चलाउन लगाएका थिए।

यसअघि सन् २०१३ मा उनले चार सुरक्षाकर्मीलाई कब्जामा लिएर उनीहरूलाई मानवढाल बनाउँदै ढोकाहरूमा विस्फोटन गराएर भागेका थिए।

सन् २०१० मा भएको एउटा असफल डकैतीको मुद्दामा दोषी ठहर भएका फइदलाई २५ वर्षको कारागार सजाय सुनाइएको थियो। सो घटनामा एक महिला प्रहरीको मृत्यु भएको थियो।

फइदलाई बुधवार बिहान सबेरै उनको गृहनगर क्रईबाट पक्राउ गरिएको हो। फ्रान्सकी कानुनमन्त्री निकोल बेलुबेले युरोप वन रेडिओलाई बताएअनुसार फइदलाई अब उच्चसुरक्षा भएको स्थानमा अहोरात्र निगरानीमा राखिनेछ।

कानुन कार्यान्वयन गराउने सर्वोच्च भूमिकामा भएका आन्तरिक मामिलामन्त्री जेरा कोलोमले राष्ट्रपति एम्मानुएल माक्रोँलाई अप्ठ्यारो पर्ने गरी राजीनामा दिएको केही घण्टामै फइदलाई पक्राउ गरिएको हो।

कोलोमको राजीनामापछि प्रधानमन्त्री इद्वा फिलिपले नै सो मन्त्रालयको जिम्मेवारी लिएका छन्।

को हुन् रिदुअन फइद?

फइदको जन्म सन् १९७२ मा भएको हो। उनी क्रई नगरमा हुर्केका हुन्।

सन् १९९० को दशकमा उनले सशस्त्र डकैती र बलपूर्वक पैसा उठाउने एउटा आपराधिक समूह सञ्चालन गरेका थिए।

हलिवूडमा निर्मित तथा अल पचिनोद्वारा अभिनित चलचित्र स्कारफेसबाट आफ्नो जीवनशैली र केही योजनाहरू प्रेरित भएका उनले बताउने गरेका छन्।

हीट नामक चलचित्रमा देखाइएजस्तै आइस हकी खेल्दा लगाइने मास्क लगाएर उनले सहयोगीहरू सहित सन् १९९७ मा सुरक्षाकर्मीको गाडीमा आक्रमण गरेका थिए।

पछि उनले आफूले हीट चलचित्र सयौँ चोटि हेरेको बताएका थिए। सो चलचित्रका निर्देशक माइकल म्यानलाई फइदले प्यारिसमा आयोजित एउटा चलचित्र महोत्सवमा “तपाईँ मेरा प्राविधिक सल्लाहकार हुनुहुन्थ्यो’ भनेका थिए।

सन् २००९ मा प्रकाशित एउटा पुस्तकमा बाल्यकाल प्यारिसका सडकमा व्यतीत गरेका फइद कसरी आपराधिक वृत्तिमा लागे भनेर चित्रण गरिएको छ।

सो पुस्तकले उनलाई फ्रान्सेली प्रहरीभित्र ‘ले क्रिभा’ अर्थात् ‘लेखक’ उपनामले चिनाएको थियो। बिबिसी

प्रतिकृया दिनुहोस्

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...

देउवा–कोइराला भेट: नम्बरविहीन फारमले महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी

काठमाडौं, पुष १ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको...