News Portal

  • चाडबाडलाई ध्यानमा राखेर यात्रुनागढुंगामा ४० टनको क्रेन

    हिमाली संचार संवाददाता
    ६५२ पटक

    ट्राफिक प्रहरीले चाडबाडको समयमा सुरक्षित रुपमा गन्तव्यस्थलसम्म पुग्ने वातावरण बनाउन सातै प्रदेशमा यात्रु सहायता कक्ष स्थापना गर्न लागेको छ । गाडी बिग्रिएर घण्टौ हुन जाम कम गर्न नागढुंगामा ४० टन क्षमताको क्रेन राख्ने भएको छ ।

    नेपालीको महान् पर्व दशैँ नजिकिएसँगै ट्राफिक प्रहरीले सातै प्रदेशका सवारीसाधन धेरै आवतजावत गर्ने विभिन्न जिल्लाका स्थानमा यात्रु त्यस्तो सहायता कक्ष राख्न लागेको हो । प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक जनक भट्टराई चाडबाडमा यात्रुलाई सहज, सुरक्षित र व्यस्थित तवरले गन्तव्यसम्म पुर्‍याउन विशेष अभियान सञ्चालन गर्न लागेको बताए ।

    ‘लामो दूरीका सवारीसाधनमा दुईवटा चालक भए नभएको, ‘रिफ्रेस’ सेन्टरमा सवारीसाधन लगे नलगेको, चालकबाट सवारीसाधन चलाए नचलाएलगायतका जाँच गर्छौं’, उनले भने । त्यस्तै मादकपदार्थ सेवनबाट दुर्घटना धेरै हुने गरेको भन्दै ट्राफिक प्रहरीले देशभर दिउँसोको समयमासमेत मादक पदार्थ सेवन गरेको नगरेकोबारे परीक्षण गर्न लागेको छ । निर्देशनालयले देशभरका १४ सडकखण्डमा टाइम कार्डसमेत लागू गरिसकेको छ । टाइम कार्ड लागू हुँदा निश्चित समयमा गन्तव्यस्थलसम्म पुग्नुपर्ने भएकोले दुर्घटना न्यूनीकरण हुनेछ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देउवा निवास प्रकरणमा निष्पक्ष छानबिनको माग : महामन्त्री शर्मा

    विराटनगर, असोज ६ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको...

    झलनाथ खनालकी श्रीमती भारतको एपोलो अस्पतालमा भर्ना हुने

    काठमाडौँ, असोज ६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई...

    असोज अन्तिम सातापछि मात्रै मेलम्चीको पानी काठमाडौंमा

    काठमाडौं, असोज ६ – उपत्यकावासीलाई मेलम्चीको पानी पिउन असोजको अन्तिम सातासम्म पर्खिनुपर्ने भएको छ। मेलम्ची...

    चार नयाँ मन्त्रीले लिए शपथ, स्वास्थ्य मन्त्रीको शपथ स्थगित

    काठमाडौं, असोज ६  – राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा चार नयाँ मन्त्रीलाई शपथ गराएका छन्।...

    नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्दै

    काठमाडौँ, असोज ६ – च्यासलस्थित पार्टी कार्यालय भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी र...