News Portal

  • युएईमा पहिलो पटक शेर-सङ्गीत मुशायरा हुँदै

    हिमालीसंचार संवाददाता
    २८७ पटक

    डि जि शर्मा -युएई लोकप्रिय गायक राज सिग्देल र पछिल्लो समयका चर्चित युवा गजलकार प्रदीप रोदनको संयुक्त प्रस्तुतिमा युएईमा पहिलो पटक “शेर-सङ्गीत मुशायरा” हुने भएको छ।अङ्ग्रेजी नयाँ बर्ष २०२२ को आगमनसँगै नेपाली व्यवसायी संगठन (एन्.ए.पि.) ले आयोजना गर्न लागेको कार्यक्रम आगामी जनवरी ३० तारिख आइतबारका दिन हुन लागेको हो।

    संगठनले युएईमा पहिलो पटक आयोजना गर्न लागेको कार्यक्रममा स्थानीय म्युजिक ब्याण्ड “आर्ट अफ डिन” को विशेष प्रस्तुति रहनुका साथै युएईमा रहनु भएका नेपाली कलाकार र साहित्यकारहरुको पनि प्रस्तुति रहने आयोजक समितिका संयोजक तथा गजलकार जे. सागरले जानकारी गराउनु भएको छ।

    गजलको मर्म बुझेर गाउन सक्ने गायक र स्टेजमा उभिएर वाचन गर्दा सबैको मन मुटु हल्लाउन सक्ने गजलकारलाई युएईमा आमन्त्रण गरेर कार्यक्रम गर्ने लामो समयदेखिको आफ्नो सपना पूरा हुन लागेकोमा संयोजक जे. सागर खुसी व्यक्त गर्नु हुन्छ । साथै संगठने आगामी दिनमा पनि यस किसिमका अन्य कार्यक्रमहरु गर्दै जाने उहाँले उल्लेख गर्नु भयो।

    अनुप्रिया र संयोजक जे. सागरले सञ्चालन गर्ने कार्यक्रम युएईको बर-दुबई स्थित होटल याक एण्ड यती एभरेष्ट अस्टोरियामा शनिबार स्थानीय समय दिउँसो एक बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

    प्राइम एक्प्रेस, रोड टुरिजम र घान्तूत नेपाली क्याफे मुख्य प्रायोजकको रुपमा रहने कार्यक्रमको सहयोगी संस्थाको रुपमा सिर्जना वाचन डबली, अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स), अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र लालीगुँरास फुटबल क्लब युएई रहने छन। त्यसैगरी नेपालको एकमात्र साहित्यिक अनलाइन दैनिक पत्रिका साहित्यपोस्ट कार्यक्रमको मिडिया पार्टनरको रुपमा रहने आयोजक समितिले जनाएको छ।

    गायक राज सिग्देलको यो दोस्रो युएई साङ्गीतिक भ्रमण हो भने गजलकार प्रदीप रोदन युएईमा पहिलो पटक प्रस्तुतिका लागि आउँदै हुनुहुन्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कृषिमन्त्री अधिकारीले दिए राजीनामा

    काठमाडौँ, भदौ २४ – कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्।...

    रास्वपाका सबै सांसद राजीनामाको तयारीमा

    काठमाडौं, भदौ २४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरूले सामूहिक राजीनामा दिने तयारी...

    जेन–जी आन्दोलनपछि खानेपानी मन्त्री यादवको राजीनामा तयारी

    काठमाडौं, भदौ २४ – जेन–जी आन्दोलनका क्रममा सोमबार १९ युवाको मृत्यु भएपछि सरकारभित्र दबाब तीव्र...

    आज २०८२ साल भदौ २४ गतेको राशिफल

    आज भदौ २४, २०८२ (सेप्टेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिए

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले आफ्नो...