News Portal

  • भक्तपुरमा टिपरले ठक्कर दिएका मोटरसाइकल चालकको मृत्यु टिपरमा आगजनी

    हिमाली संचार संवाददाता
    ७५१ पटक

    काठमाडौं – भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक दराउने पोखरी–२ घर भएका रामकृष्ण श्रेष्ठ रहेका छन् ।

    भक्तपुरको जगतेबाट सल्लाघारी आउँदै गरेको बा. ४ ख ३६५० नम्बरको टिपरले बा. ८८ प ८५२ नम्बरको मोटरसाइकललाई भक्तपुरको सुर्यविनायक नगरपालिका पाण्डुबजार चोकमा ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको हो ।

    घाइते श्रेष्ठलाई उपचारको लागि भक्तपुर अस्पताल पठाइएको थियो । भक्तपुर अस्पतालले श्रेष्ठलाई सात बजे मृत घोषणा गरेको हो ।

    महानगरी प्रहरी परिसर, भक्तपुरका अनुसार ट्रिप्परले मोटरसाइकललाई ठक्कर दिएपछि स्थानीयले टिपर तोडफोड गर्नुको साथै आगजनी पनि गरेका छन् । ट्रिपरले मोटरसाइकललाई ठक्कर दिएपछि स्थानीयले ट्रिपर तोडफोड गर्नुको साथै आगजनी पनि गरेका हुन् ।

    टिप्परमा लागेको आगो निभाउन गएको जुद्धवारुण यन्त्र भक्तपुरमा दमकललाई समेत आक्रोशित भीड्ले आक्रमण गरको छ । जसबाट आगो निभाउन भएका दमकल चालक र अन्य कर्मचारी समेत घाइते भएका छन् ।

    अहिले स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता प्रनाउ रेवती रमण पोखरेलले जानकारी दिए । ठक्कर दिने ट्रिपरका चालक प्रहरीको सम्पर्कमा आएको र अन्य जानकारी केही आउने पोखरेलले बताए ।

    यसअघि काठमाडौं उपत्यकामा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म टिपर चलाउने नपाइने निर्णय गरेको थियो । तर गृह मन्त्रालयले रोक लाएपनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयले समेत केही टिपरलाई चल्न दिने निर्णय गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अवैध आप्रवासीको उद्धार: अमेरिका र म्यानमारबाट फर्काइए ७२ नेपालीहरू

    काठमाडौं, मंसिर ४ – अवैध आप्रवासनमा परेका नेपालीको मुद्दा थप गम्भीर बन्दै गएको छ। यही...

    ओलीको आरोप: ‘भदौ २४ का अराजक लाभग्राहीले नै राज्यसत्ता समाते’

    काठमाडौं, मंसिर ४ – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पेश गरिएको लिखित जवाफमार्फत एमाले अध्यक्ष...

    सिमरामा तनाव कायमै, कर्फ्यू जारी राख्दै प्रदर्शन नियन्त्रणमा कठिनाइ

    बारा, मंसिर ४ – बाराको सिमरा क्षेत्रमा बुधबार देखिएको तनाव आज पनि उस्तै छ। एमाले...

    रवि–छविको मुद्दा फेरि रोकियो, उच्च अदालत बुटवलमा सुनुवाइ स्थगित

    रुपन्देही, मंसिर ४ – रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीसम्बन्धी सुप्रिम सहकारी ठगी मुद्दामा...

    आज २०८२ साल मंसिर ४ गतेको राशिफल

    आज मंसिर ४, २०८२ (नोभेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...