News Portal

तमु प्ये ल्हु शाखा कुवेतको ल्होसार विविध सास्कृतिक कार्यक्रम सहित सम्पन्न

हिमालीसंचार संवाददाता
४०५ पटक

कुवेत – तमु प्ये ल्हु शाखाको कुवेतको आयोजनामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको सभापतित्वमा इन्द्र गुरुङले गर्नु भएको थियोे। कार्यक्रम संचालन अमन गुरुङ र सचिव रिजन गुरुङ सचालन गरेका थिए।प्रमुख अतिथि कृष्ण बलाल थिए।तमुहरुको महान चाड तमु ल्होसारको अवसरमा ल्वो(गाई वर्ग) ल्हो लाई विदाई र तो (बाघ वर्ग) ल्हो लाई स्वागत गर्दै गत शुक्रबार ७ जनवरी कुवेतकाे कवड कुवेतको कभर्डहलमा भब्यरुपमा मनाइयो।                                 
कार्यक्रममा विभिन्न साँस्कृति नृत्यहरु प्रस्तुत गरिएको रिजन गुरुङले जानकारी दिए । स्वदेशमा मात्र नभई विदेशमा पनि आफ्नो जातीको संस्कार, संस्कृतिको संरक्षण, प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरिएको गुरुङले बताए।                                                  सोहि कार्यक्रमकै अवसरमा विभिन्न समयमा गुरुङहरुको संस्कृति संरक्षणमा योगदान पुयाउनुभएका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो।कार्यक्रममा सहभागि सबै जना गुरुङको मौलिक पोशाकमा सजिएर आएका थिए। कार्यक्रममा उपस्थित सबैजनालाई राम्रो खानपिनकाे व्यवस्था गरिएको थियो

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...