News Portal

अन्तर नेपाली भलिवल प्रतियोगिताकाे उपाधि लुम्बिनी समाज कुवेतले जित्यो

हिमालीसंचार संवाददाता
३०० पटक

कुवेत – कुवेतको फाहाहिल स्पोर्टस क्लबमा आयोजित प्रतियोगिताको फाइनल खेलमा नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुद परिवारसँग अत्यन्तै रोचक र कडा प्रतिस्पर्धा गर्दै लुम्बिनी समाज उपाधि चुम्न सफल भएको हो।

प्रतियोगितामा नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुद परिवार उपबिजेता बन्न सफल भएको छ भने कल्याणकारी नेपाली युवा समाज कुवेत सबैभन्दा उत्कृष्ट टीमसँगै तृतीय भएको छ ।

प्रतियोगितामा प्रथम हुने लुम्बिनी समाजले २०१ केडि नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो स्थान हासिल गर्ने टीमले १२५ केडी, तृतीय स्थान हासिल गर्ने टीमले ५१ केडी नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै उत्कृष्ट खेलाडी नरेन्द्र सारु र उत्कृष्ट स्पाइकर अच्युत श्रेष्ठले क्रमशः नगद २५ केडिसहित ट्रफी प्राप्त गरेका छन् ।
प्रतियोगितामा कल्याणकारी युवा समाज, नेपाल टिम, नमस्ते नेपाली रेस्टुरेन्ट खेल्कुद परिवार, लि म्याक एयरपोर्ट टिम, लुम्बिनी समाज नेपाल कुवेत, मोना कुवेत टिम, फाहहिल टीम र सोयबा नेपाली भलिबल क्लव गरि ८ टिम बिच प्रतिस्पर्धा भएको थियो ।

गैरआवासीय नेपाली संघले अंग्रेजी नयाँ बर्षको अवसरमा सो प्रतियोगिता गरेको हो ।
आयोजकले प्रतियोगितामा निशुल्क स्वास्थ्य जाँचको व्यवस्था पनि गरेको थियो । क्लबभित्र प्रवेश गर्नुअघि जस्तै सुगर, प्रेसर, तापक्रम, लगाएतको सामान्य स्वास्थ्य जाँच गरेर आवश्यक परेकाहरुलाइ साइरप, फ्लूडेक्स, पनाडोल लगाएतका औषधिसमेत निशुल्क वितरण गरेको थियो ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...