News Portal

मगर सँघ कुवेतको माघे सकराती अनिश्चित कालको लागि स्थगित

हिमालीसंचार संवाददाता
३८० पटक

कुवेत– नेपाल मगर सँघ शाखा कुवेतले मगर समुदायको राष्ट्रिय तथा साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड “माघे सकराती” आगामी १४ जनवरी २०२२ का दिन मनाउने भनिए पनि कोभिड-१९ को कारण स्थानिय सरकारले कुनै पनि सार्वजनिक स्थानहरुमा भेला हुन निषेध गरे पछी अनिश्चित कालको लागि स्थगित गरेको छ।

संस्थाका अध्यक्ष मनु मगरको अध्यक्षमा कुवेतको मंगाफस्थित सभा हलमा हिजो बसेको उक्त निर्णय गरेको हो। कुवेतको ओफरा भन्ने स्थानमा आयोजना गरिने भनिएको माघे सकरातीमा कुवेतमा कृयाशिल रहेका सम्पूर्ण नेपाली सँघ-संस्थाका प्रतिनिधिहरुलाई अतिथिको रुपमा निमन्त्रणा गरि मनाईने भनिएको र निमन्त्रणा पत्र पनि तयारी अवस्थामा रहेको बेला एकाएक परिस्थिती बदलिन पुगेकोमा दु:ख लागेको अध्यक्ष मनु मगरले बताउँदै परिस्थिती सामान्य भए पछी मगर सँघ कुवेतले ब्रिहत कार्यक्रम दिने पनि बताएका छन।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...