News Portal

  • मगर सँघ कुवेतको माघे सकराती अनिश्चित कालको लागि स्थगित

    हिमालीसंचार संवाददाता
    २९४ पटक

    कुवेत– नेपाल मगर सँघ शाखा कुवेतले मगर समुदायको राष्ट्रिय तथा साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड “माघे सकराती” आगामी १४ जनवरी २०२२ का दिन मनाउने भनिए पनि कोभिड-१९ को कारण स्थानिय सरकारले कुनै पनि सार्वजनिक स्थानहरुमा भेला हुन निषेध गरे पछी अनिश्चित कालको लागि स्थगित गरेको छ।

    संस्थाका अध्यक्ष मनु मगरको अध्यक्षमा कुवेतको मंगाफस्थित सभा हलमा हिजो बसेको उक्त निर्णय गरेको हो। कुवेतको ओफरा भन्ने स्थानमा आयोजना गरिने भनिएको माघे सकरातीमा कुवेतमा कृयाशिल रहेका सम्पूर्ण नेपाली सँघ-संस्थाका प्रतिनिधिहरुलाई अतिथिको रुपमा निमन्त्रणा गरि मनाईने भनिएको र निमन्त्रणा पत्र पनि तयारी अवस्थामा रहेको बेला एकाएक परिस्थिती बदलिन पुगेकोमा दु:ख लागेको अध्यक्ष मनु मगरले बताउँदै परिस्थिती सामान्य भए पछी मगर सँघ कुवेतले ब्रिहत कार्यक्रम दिने पनि बताएका छन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...

    ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

    काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई...

    प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले...

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    काठमाडौं – हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। काठमाडौं...

    नक्खु जेलबाट रवि लामिछाने रिहा हुने तयारी, राजधानीमा तनाव

    काठमाडौं, भदौ २४ — राजधानीमा राजनीतिक तनाव उच्च स्तरमा पुगेको छ। स्रोतका अनुसार, नक्खु जेलबाट...