News Portal

प्रदर्शन चर्किएसँगै काजकिस्तानमा सङ्कटकाल घोषणा, रुसी सेना तैनाथ

हिमालीसंचार संवाददाता
३६२ पटक

एजेन्सी। काजकिस्तानमा सरकार विरोधी प्रदर्शन चर्किएको छ। इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा नागरिकले प्रदर्शन गर्दै आएका छन्। मुख्य शहर अल्माटीमा भएको प्रदर्शनले हिँसात्मक रुप लिएको छ। केही सर्वसाधारण र १८ जना सुरक्षाकर्मीको ज्यान गएको बीबीसीले जनाएको छ।

सयौँको संख्यामा नागरिक घाइते भएका छन्। झण्डै २३ सय जना प्रदर्शनकारी सुरक्षाकर्मीको नियन्त्रणमा छन्। प्रदर्शनलाई नियन्त्रण गर्नेक्रममा दुवै पक्षबीच झडप भएको हो। आन्दोलनमा विदेशीको घुसपैठ भएको काजकिस्तानको सरकारी पक्षले दाबी गरेको छ।

रुसले नेतृत्व गरेको सैन्य बल काजकिस्तान पुगेको छ। राष्ट्रपति कासिम जोमार्ट तोकायेभले हिँसात्मक गतिविधि नियन्त्रण गर्न २५ सय रुसी सेनाको सहयोग लिएको बताउनुभएको छ। एउटा टेलिभिजन सम्बोधनका क्रममा राष्ट्रपतिले रुसले नेतृत्व गरेको कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेशन (सीएसटीओ)लाई प्रदर्शन मत्थर पार्न सहयोग गर्न अपिल गर्नुभएको थियो।

यो सङ्गठनमा रुस, काजकिस्तान, बेलारुस, ताजिकिस्तान र अर्मेनिया सदस्य छन्। सीएसटीओले ती सुरक्षा अधिकारी शान्ति सेना रहेको र उनीहरूले राज्य तथा सेनाका सम्पत्तिको रक्षा गर्ने जनाएको छ। उनीहरू केही दिन वा केही हप्ता बस्न सक्ने खबरमा उल्लेख छ।

अमेरिकाको विदेश मन्त्रालयले रुसी नेतृत्वको फौज परिचालनलाई नजिकबाट नियालिरहेको जनाएको छ। संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, फ्रान्सलगायतका देशले दुवै पक्षलाई हिंसा अन्त्यका लागि आह्वान गरेका छन्। प्रदर्शन चर्किएसँगै काजकिस्तानमा सङ्कटकाल घोषणा गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...