News Portal

  • प्रदर्शन चर्किएसँगै काजकिस्तानमा सङ्कटकाल घोषणा, रुसी सेना तैनाथ

    हिमालीसंचार संवाददाता
    ३०३ पटक

    एजेन्सी। काजकिस्तानमा सरकार विरोधी प्रदर्शन चर्किएको छ। इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा नागरिकले प्रदर्शन गर्दै आएका छन्। मुख्य शहर अल्माटीमा भएको प्रदर्शनले हिँसात्मक रुप लिएको छ। केही सर्वसाधारण र १८ जना सुरक्षाकर्मीको ज्यान गएको बीबीसीले जनाएको छ।

    सयौँको संख्यामा नागरिक घाइते भएका छन्। झण्डै २३ सय जना प्रदर्शनकारी सुरक्षाकर्मीको नियन्त्रणमा छन्। प्रदर्शनलाई नियन्त्रण गर्नेक्रममा दुवै पक्षबीच झडप भएको हो। आन्दोलनमा विदेशीको घुसपैठ भएको काजकिस्तानको सरकारी पक्षले दाबी गरेको छ।

    रुसले नेतृत्व गरेको सैन्य बल काजकिस्तान पुगेको छ। राष्ट्रपति कासिम जोमार्ट तोकायेभले हिँसात्मक गतिविधि नियन्त्रण गर्न २५ सय रुसी सेनाको सहयोग लिएको बताउनुभएको छ। एउटा टेलिभिजन सम्बोधनका क्रममा राष्ट्रपतिले रुसले नेतृत्व गरेको कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेशन (सीएसटीओ)लाई प्रदर्शन मत्थर पार्न सहयोग गर्न अपिल गर्नुभएको थियो।

    यो सङ्गठनमा रुस, काजकिस्तान, बेलारुस, ताजिकिस्तान र अर्मेनिया सदस्य छन्। सीएसटीओले ती सुरक्षा अधिकारी शान्ति सेना रहेको र उनीहरूले राज्य तथा सेनाका सम्पत्तिको रक्षा गर्ने जनाएको छ। उनीहरू केही दिन वा केही हप्ता बस्न सक्ने खबरमा उल्लेख छ।

    अमेरिकाको विदेश मन्त्रालयले रुसी नेतृत्वको फौज परिचालनलाई नजिकबाट नियालिरहेको जनाएको छ। संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, फ्रान्सलगायतका देशले दुवै पक्षलाई हिंसा अन्त्यका लागि आह्वान गरेका छन्। प्रदर्शन चर्किएसँगै काजकिस्तानमा सङ्कटकाल घोषणा गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ६ गतेको राशिफल

    आज कार्तिक ६, २०८२ (अक्टोबर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओलीको जलेको घर मर्मत नहुने, गुण्डुमा ‘ओली कुटी’ बनाइने

    काठमाडौं, कार्तिक ५ – नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित जलेको घर...

    छठ पूजाका लागि सुप्पा बनाउन व्यस्त

    रविन्द्र बराल/ मोरङ, कार्तिक ५ – हिन्दु धर्मावलम्बीहरूको तेस्रो महान पर्व छठ नजिकिँदै जाँदा पर्वमा प्रयोग...

    भक्तपुरका दुईथरी ‘थ्रेट’मा सरकारको निगरानी कडा

    काठमाडौं, कार्तिक ५ – गृह मन्त्री ओमप्रकाश अर्यालले भक्तपुरका दुईथरी ‘थ्रेट’लाई नियन्त्रण गर्न सरकारले कडाइका...

    जेनजी आन्दोलनका घाइते र प्रधानमन्त्रीबीच बैठक निष्कर्षविहीन

    काठमाडौं, कार्तिक ५ – जेनजी आन्दोलनमा घाइते भएका युवा र प्रधानमन्त्रीबीच हिजो बालुवाटारमा भएको बैठकले...