News Portal

  • गैरआवासीय नेपाली संघ कुवेतद्वारा आयाेजना हुने  भलिबल प्रतियोगितामा स्वास्थ्य चेकजाँच पनि हुने

    हिमालीसंचार संवाददाता
    २८१ पटक

    कुवेत– गैरआवासीय नेपाली संघ कुवेतले अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गरेको अन्तर नेपाली खुला भलिबल प्रतियोगितामा खेलाडी र दर्शकहरुको लागि निशुल्क स्वास्थ्य चेक जाँचको पनि ब्यबस्था रहेको छ।कल्याणकारी युवा समाज, नेपाल टिम नमस्ते नेपाली रेस्टुरेन्ट खेल्कुद परिवार, लि म्याक एयरपोर्ट टिम, लुम्बिनी समाज कुवेत, मोना कुवेत टिम, नबराज पराजुली भलिबल क्लव र सोयबा नेपाली भलिबल क्लव गरि ८ टिम बिच अत्यन्तै रोचक र कडा प्रतिस्पर्धा हुने गैरआवासीय नेपाली संघ खेलकुद प्रमुख नबराज पराजुलिले जानकारिदिएका छन।

    कुवेतमा पछिल्लो समय बढेको कोरोना महामारिलाइ ध्यानमा राख्दै खेलाडी र दर्शकहरुको स्वास्थ्यको मध्यनजर गर्दै र केही दिनदेखी व्हत्तै बढेको चिसोको कारण धेरै दर्शक तथा खेलासिहरु अस्वास्थ्य हुने भएकोले यी सबै कुरालाई ध्यानमा राखी मेडिकल टिमको व्यवस्था गरेको गैरआवासीय नेपाली संघका अध्यक्ष रणध्वोज लामाले जानकारी दिएका छन।

    उनले थप्दै “NRNA कुवेतको इतिहासमा यो पहिलो पटक भलिबल प्रतियोगिता गरिरहेको र यसलाई स्ट्यान्डर्ड मेन्टेइन गर्न पनि हामीले इन्डोर खेल खेलाइरहेका छौँ। साथमा खेलाडीहरुको लागि इमेर्जेन्सी मेडिकल टिम समेत तैनाथ गरेका छौँ। जसले कुनै खेलाडी लडेर चोटपटक लागेमा वा खेल मैदानभित्र कुनै कारणबस खेलाडिलाई स्वास्थ्य समस्या आएमा स्ट्रेचर र फर्स्ट एड बक्स सहितको मेडिकल टिम त्यहाँ पुग्नेछन।
    खासमा ओमिक्रोनको डरलाग्दो खबरहरु विभिन्न सामाजिक सञ्जाल तथा संचार माध्यममा सुनिरहेकोले सबै दर्शक र खेलाडिहरुको स्वास्थ्यमा पनि उत्तिकै संवेदनशील बन्नुपर्छ भन्ने उदेश्यले उक्त भलिबल प्रतियोगितामा मेडिकल टिम तयार गरिएको कुरा NRNA महासचिव दिल पाख्रीन संगको कुराकानिमा बताएका छन।

    उक्त कार्यक्रममा प्रवेश गर्नुभन्दा पहिले बिपि, सुगर, प्रेसर, तापक्रम, लगाएतको सामन्य चेकहुनेछ। आवस्यक परेकाहरुलाई साइरप, फ्लूडेक्स, पेनाडोल लगाएतका औसधि समेत निशुल्क वितरण हुने महासचिव पाख्रीनले बताएका छन। साथै सो चेकजाँचमा सामान्य भन्दा गम्भीर चेक जाँच गर्नुपर्ने भएमा डाक्टरले रिफर गरि हस्पिटल पठाइनेछ।
    प्रतियोगितामा पहिलो र दोस्रो पुरस्कार क्रमशः २०१ केडि, १२५ केडि नगद, ट्रफी, मेडल र प्रमाणपत्र मात्र राखिएको थियो। तर पुनः छलफल गरि तृतीय हुनेलाइ ५१ केडि नगद, ट्र्फि, मेडल र प्रमाणपत्र पुरस्कार राखिएको छ। त्यस्तै बेस्ट प्लयेरलाइ र बेस्ट स्पाइकरलाइ क्रमशः नगद २५ केडि सहित ट्रफी प्रदान गरिनेछ।कार्यक्रममा मनोरञ्जनका लागि भलिबल प्रती रुचि भएका तर खेल नखेलेका कुवेतको नेपाली समाजमा चिर परिचित ब्याक्तित्वहरु विच एक “शो म्याच” पनि रहनेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...

    ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

    काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई...

    प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले...

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    काठमाडौं – हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। काठमाडौं...

    नक्खु जेलबाट रवि लामिछाने रिहा हुने तयारी, राजधानीमा तनाव

    काठमाडौं, भदौ २४ — राजधानीमा राजनीतिक तनाव उच्च स्तरमा पुगेको छ। स्रोतका अनुसार, नक्खु जेलबाट...