News Portal

अन्तर्राष्ट्रिय नेपाली समाज युएईको अङ्ग्रेजी नयाँ बर्ष विशेष कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
३८८ पटक

डि.जि.शर्मा, युएई। अङ्ग्रेजी नयाँ बर्ष-२०२२ को उपलक्ष्यमा अन्तर्राष्ट्रिय नेपाली समाजको युएई राष्ट्रिय कार्यसमितिले शुभकामना आदन-प्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ।

नेपाली टोपी दिवसको समेत अवसर पारेर शनिबार साँझ जूममार्फत आयोजित अनलाइन कार्यक्रमा उपस्थित समाजमा आवद्ध व्यक्तित्वहरुबाट अङ्ग्रेजी नयाँ बर्ष-२०२२ को शुभकामना आदन-प्रदान गरिनुका साथै विभिन्न साहित्यिक सर्जकहरुले रचना वाचन गर्नु भएको थियो।

कार्यक्रममा कौशिकी साहित्यिक मासिक पत्रिकाका सम्पादक तथा साहित्यकार चेतनाथ धमला, समाजका केन्द्रीय उपाध्यक्ष डा.स्वामी कृष्ण, समाजका युएई राष्ट्रिय कार्यसमिति सल्लाहकार तथा गजलकार जे.सागर, कवि डि.जि.शर्मा, समाजका युएई राष्ट्रिय कार्यसमिति उपाध्यक्ष विष्णु प्याकुरेल, महासचिव भवानी नेपाल, प्रवक्ता राजेशराज गड्तौला, कवि गङ्गा भण्डारी, कवि सुमित्रा सुमी, कवि पदम आचार्यलगायतले शुभकामना मन्त्तव्यका साथै आ-आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो।

समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेको प्रमुख आतिथ्य र कौशिकी साहित्यिक मासिक पत्रिकाका सम्पादक तथा साहित्यकार चेतनाथ धमलाको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता समाजका युएई राष्ट्रिय कार्यसमिति अध्यक्ष मेघराज धमलाले गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै समाजका केन्द्रीय अध्यक्ष घिमिरेले स्थापना भएको छोटो समयमै युएई राष्ट्रिय कार्यसमितिले देखाएको सक्रियताप्रति आभार प्रकट गर्नुभएको थियो।

समाजका अन्य राष्ट्रिय कार्यसमिति भन्दा युएई समिति पृथक र उत्कृष्ट बन्दै गएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यसले अझै परिणाममुखी कार्यहरु गर्दै जाने र लोकप्रियता हाँसिल गर्दै जाने विश्वाससमेत व्यक्त गर्नुभएको थियो।

समाजका युएई राष्ट्रिय कार्यसमितिका अध्यक्ष धमलाले शुभकामना मन्त्तव्यका साथै कार्यक्रममा उपस्थित सबैमा धन्यवादसमेत ज्ञापन गर्नुभएको थियो।

उक्त समाज युएईका राष्ट्रिय कार्यसमितिका महासचिव भवानी नेपालले सञ्चालन गर्नुभएको कार्यक्रममा समजका केन्द्रीय महासचिव अर्जुनश्रीले प्रविधि संयोजन गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...