News Portal

बोर्डका सिईओमाथि पर्यटनमन्त्री आलेको आक्रोश- यस्ता साँढेलाई राखेर संस्था चल्छ ?

हिमालीसंचार संवाददाता
३३४ पटक

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले निलम्बनमा परेका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीबाट संस्था चल्न नसक्ने बताएका छन्। बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले छानबिनमा रहेको सीईओ रेग्मीबाट कुनै पनि हालतमा संस्था नचल्ने दाबी गर्दै उनलाई ‘साँढे’ को संज्ञा दिएका छन्।

सिइओ रेग्मीको आलोचना गर्दै मन्त्री आलेले धेरै रिसाउनुभो जाम् रक्सी खान भन्ने साँढेलाई राखेर बोर्ड चल्छ ? भनि प्रश्न गरेका थिए। ‘यस्तो साँढेलाई सीईओ बनायो भने संस्था चल्छ ? केही कुरा तपाईंहरूका मागका विषयमा छलफलमा हुँदा पनि बोर्ड सदस्यले यस्तो नगरौं संस्था डुब्छ भन्दा आज तपाईँ रिसाउनुभयो जाउँ हिँड्नु रक्सी खान भन्ने उनको चलन रहेछ’, उनले भने।

लण्डनमा आफू अपमानित भएको बताए। ‘म लन्डन जाँदै जान्न भन्दा जबर्जस्ती लगेर गयो, बोल्ने कार्यक्रम छैन भन्यो साँढेले,’ लन्डन गएँ दूतावासमा राखिदियो, न गाडी छ, खाना आफैं खोजेर खानुपर्ने,’ मन्त्री आलेले अगाडि भने, ‘म यो देशको मन्त्री, जनताले छानेर आएको मन्त्री, लन्डनमा बोल्न पाइनँ, मलाई दुःख लाग्यो। म अपमानित भएँ। यस्तो साँढेलाई सिइओ बनाए भने बोर्ड चल्छ ?’

उनले अगाडि भने, ‘दुःखको साथ भन्न चाहान्छु लण्डनमा हुँदा ६ बजे कार्यक्रम भन्यो साढे ७ मा सुरू भयो। डेढ घण्टा म चिसोमा उभिएँ। सबैले स्याम्पेन खाइरहेका छन्। म नखाने मान्छे साइडमा बसेँ। हाम्रो साँढेले पनि भटाभट मगाइरहेको छ। आफ्नै आँखाले देखिरहेको छु।, आक्रोशित आले यतिमै रोकिएनन्।

‘मलाई पनि खा भन्छन्। पहिलाको मन्त्री जस्तो ठान्या होला प्रेम आलेलाई। लण्डनमा पुरानो व्यवसायी हुनुहुन्छ नेपाली साथी। उहाँले डिनरमा बोलाउनुभयो। त्यहाँ गइसकेपछि भटाभट ह्वीस्की तानेको छ। के कामको लागि आएको भन्ने मतलबै छैन। यस्तो मान्छेलाई सीईओ बनाइएर चल्छ ?’, उनले भने।

उनले आफूलाई खरिद गर्छु भनेर नसोच्न सिइओ रेग्मीलाई मन्त्री आलेले चेतावनीसमेत दिए। ‘उसले ४ वटा टोयोटा गाडी बेचेर प्रेम आलेलाई खरिद गर्छु भन्ने नसोचे हुन्छ। इमान बेचेर म यो कुर्सीमा बस्ने वाला छैन,’ उनले भने, ‘विगतदेखि नै यस्तै थियो हजुर भन्छन्। विगतमा काले-काले मिलेर भाले खाए होलान, तर अब आयो प्रेम आले।’ कार्यक्रममा मन्त्री आलेले आफू इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने प्रष्ट पार्दै विकृतिविरुद्ध साथ दिन आग्रह गरे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...