News Portal

कुवेतमा तीन किराती संस्थाहरुले संयुक्तरुपमा मनाए उधौली

हिमालीसंचार संवाददाता
३४५ पटक

कुवेत-कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले भाषा संस्कार संस्कृतियको संरक्षण किरातहरुको साझा अभियान भन्ने मुल नाराका साथ आयोजित कार्यक्रम एकैसाथ उधौली साकेला चासोक तङ्नाम र रापवा श्यादर पीदार ५०८१ बिविध कार्यक्रम गरी सदा झै यस बर्ष पनि भब्यताका साथ मनाए।

किरात याक्थुङ चुम्लुङ कुवेतका अध्यक्ष अरुण लिम्बुको सभापतित्वमा भएको कार्यक्रममा नेपाली राजदुतावास कुवेतका राजदुत महामहिम दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई किरात राई यायोक्खा कुबेतका उपाध्यक्ष- नैना कला राई र सचिव रोशन राईले संयुक्त रुपमा संचालन गरेका थिए।

कार्यक्रममा बिशिष्ट अतिथिमा एनआरएनए कुवेतका अध्यक्ष रण्धोज लामा बिशिष्ट अतिथि आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, पत्रकार महासंघ कुवेतका सह-सचिव हरि बानियाँ लगायत कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाका अध्यक्ष प्रतिनिधि  पत्रकार, खेलाडी लगायत अन्य बुद्दिजिवीहरुको आतिथ्यता रहेको थियो।
किरात राई यायोक्खा शाखा कुवेतका अध्यक्ष मन्जित राईले स्वागत मन्तब्य द्वारा उपस्थिति सम्पूर्णलाई स्वागत स्वागत गरेका थिए।सभापति, प्रमुख अतिथी र विशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थिए। मन्व्यको क्रममा प्रमुख अतिथि नेपालीदुतावास पल्नु भएको महामहिम दुर्गा प्रसाद भण्डारीले बोल्दै प्रवासी भुमी कुवेतमा रहेरपनि आफ्ना मौलिक चाडपर्व,रिति रिवाज परम्परा जोगाउनु, मनाउन पाउनु ठुलो कुरा रहेको वताए ।

किराँतीहरुको यो राष्ट्रिय चाड मनाउन जसरी ठूलो जनमानसमा आज ३ वाट किरात संस्थाहरु एकजुट भएर लागेका छ्न यो दिगो रुपमा रहोस भन्ने कामना गरे। किराती धर्म सस्कार, सस्कृती, परमम्परा आगामी दिनमा अझै व्यापक रुपले मनाउन पाइयो भन्दै शुभकामना व्यक्त गरे।
मन्तव्य दिने क्रममा कार्यक्रममा विशिष्ट अतिथिमा एनआरएनए कुवेतका अध्यक्ष रण्धोज लामा,विशिष्ट अतिथि आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ,यक्खा राइको तर्फबाट- प्रेम जिमी यक्खा,पत्रकार महासंघ कुवेत शाखाबाट हरि बानियाँ सुनुवार सेवा समाज कुवेतका अध्यक्ष-लाल बहादुर सुनुवार,तमू समाज कुवेतका-उपाध्यक्ष याम गुरुङ, आइसिसी सदस्य- हरि लावती,तामाङ घेदुङ कुवेतका अध्यक्ष-नारायण घलान लगायतले शुभकामना ब्यक्त गरेका थिए।

कार्यक्रममा राईहरुको मौलिक झाँकी साकेला नाच,लिम्बूहरुको मौलिक नाच केलाङ नाच र सुनवारहरुको मौलिक झाँकी श्याँदर नाच,सांगातिक प्रस्तुतिहरु रहेको थिए। भने तीनवटा किरात संस्थाका कलाकारहरुले एकल गीत एकल नृत्य युगल तथा सामुहिक नृत्य गरी उधौली कार्यक्रम लाई सुगन्ध भर्ने काम साथै कार्यक्रमा उपस्थित सम्पूर्ण दर्शकहरु लाई झनै मनोरन्जन दिलएको थिए।
आयोजकको तर्फबाट कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजनको ब्याबस्था पनि गरिएको थियो।अन्त्यमा कार्यक्रमको समापन गर्दै सभापति अरुण लिम्बुले कार्यक्रम सफलता पूर्वक सम्पन्न गराउन बिभिन्न तवरले आर्थिक भौतिक र नैतिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी पत्रकारहरु तीनवटै संस्थाका पदाधिकारी सदस्यहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थिए।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...