News Portal

खोटाङ सेवा समाज दोहा कतारद्वारा अग्नी पिडीत खड्कालाई आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
४१९ पटक

गजेन्द्र खालिङ/दोहा – खोटाङ जिल्ला रावावेसी गाउँपालिका वडा नं. ६ हौचुर स्थायी बसोबास गरी बस्ने ज्ञानेन्द्र खड्काको घर गत मंसिर २७ गतेको दिन बिधुत सर्ट भइ पुर्णरूपमा जलेर नष्ट भएको थियो। पिडित खड्कालाई खोटाङ सेवा समाज दोहा कतारद्वारा आर्थिक सहयोग प्रदान गरिएको छ।

अग्नी पिडित खड्काको घर जलेर पुर्णरुपमा नष्ट हुदा करिब २३ लाख बराबरको क्षती भएको थियो । अग्नी पिडीत खड्का परिवारलाई कतारमा गठीत खोटाङ सेवा समाज कतारले आर्थिक सहयोग संकलन गरी प्रदान गरेको हो। खोटाङ सेवा समाज कतारका अध्यक्ष  रुद्र प्रसाद आचार्यका अनुसार राहत स्वरुप २० हजार रुपैया आर्थिक सहयोग प्रदान गरिएको संस्थाका अध्यक्ष आचार्यले हिमालीसंचारडटकमसंग बताए। 

कतारमा गठीत खोटाङ सेवा समाज कतारले समस्यामा परेका समय आफु र आफ्ना जिल्लाबासीको लागि आवश्यक सहयोग गर्नका लागि कतारमा विगत दश बर्ष अधि गठन गरिएको संस्थाले विभिन्न समयमा आर्थिक सहयोग गर्दै आइरहेको छ। 

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...