News Portal

दक्ष नेपाली कामदार आपूर्ति गर्न युएइ तयार : राजदूत ढकाल

हिमालीसंचार संवाददाता
२९६ पटक

रामप्रसाद ढुंगेल/युएइ- दक्ष नेपाली कामदार आपूर्ति गर्न युनाईटेड अरब ईमिरेट्स (युएइ) तयार रहेको युएइका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले बताएका छन्।

गत २१ डिसेम्बर मंगलबार यूएईका मानव संशाधन तथा इमिरटाइजेसन मन्त्री अब्दुल रहमान अब्दुलमन्नान अल अवीरसँगको शिस्टाचार भेटमा राजदूत ढकालले युएइ सरकारको नेपाल र नेपाली कामदारप्रति अत्यन्तै सकारात्मक धारणा रहेको बताएका छन्।  

नेपाली दुतावास अबुधाबीले उक्त भेटबारे एक प्रेस बिज्ञप्ति जारी गरी जानकारी दिएको हो। भेटवार्ताको क्रममा दक्ष नेपालीहरुलाई रोजगारीका अवसर खुल्ला गर्ने, युएइमा कार्यरत नेपाली कामदारहरुको सुरक्षा र दक्षता वृद्धि गर्ने तथा दुईपक्षीय हित अभिबृदि गर्ने बिषयमा छलफल भएको विज्ञप्तिमा जनाइएको छ।

भेटघाटमा राजदूत ढकालले कोभिड-१९ को महामारीको बेलामा यूएई सरकारले युएईमा कार्यरत नेपाली कामदारहरुको स्वास्थ्य सुरक्षा तथा उपचार लगायत नेपाल सरकारलाई स्वास्थ्य सामाग्री प्रदान गरेकोमा यूएई सरकारलाई धन्यवाद दिएका थिए।

यूएईका मानव संसाधन मन्त्री अब्दुल रहमानले नेपालीहरुको मेहनत र इमानदारिताको तारिफ गरेका छन्। मन्त्री रहमानले आगामी वर्षको फेब्रुवरी महिनाबाट लागु हुने गरी यूएईले सँसोधन गरेको नयाँ श्रम कानून मजदूरमैत्री रहेको बताए।

मन्त्री अब्दुल रहमानले नेपाल र यूएई बीच गरिएको दुई पक्षीय श्रम सम्झौता अनुसार गठित संयुक्त समितिको बैठक बस्न पर्नेमा जोड दिएको बताईएको छ। भेटको क्रममा नेपालीहरुको सीप बिकासमा टेवा पुर्याउने र नेपालमा पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्ने बिषयमा समेत छलफल भएको थियो। भेटवार्तामा नेपाल  र यूएईका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...