News Portal

कतारमा श्रीमान् गुमाएकी डोलीको क्षतिपूर्ति रकम गायब

६९९ पटक

श्रवण देव
सप्तरी – छाँक टार्न मुश्किल भएपछि डोली सदाकी श्रीमान् बौवालाल सदा रोजगारी गर्न कतार गए । कतारमा गएको केही दिनमै ३५ वर्षीय सदाको मृत्यु भएको खबर आयो ।

ऋण लिएर विदेश गएका श्रीमानको मृत्यु भएपछि डोलीमाथि बज्रपात पर्‍यो । एकातिर तीन जना सन्तानलाई पाल्नुपर्ने र श्रीमान विदेश जाँदा लागेको ऋणको बोझले उनी थिचिँदै गइन् ।

क्षतिपूर्ति वापत ४५ लाख पाउने सुनेपछि ऋणको बोझ हट्ने छोराछोरीको पालनपोषण हुने आशमा सन्तोक मानिन् । तर, त्यो आश पनि टुट्यो । राहतका लागि सदरमुकाम राजविराजदेखि राजधानी काठमाडौं समेत धेरै पटक धाइन् तर, हातमा एक रुपैयाँ आएको छैन ।

बौवालालको २०७२ साल फागुनमा मृत्यु भएको थियो । दुई वर्षपछि क्षतिपूर्ति रकम आएको थियो ।

सीडीओबाट निकासा, डोलीको हातमा पुगेन

क्षतिपूर्ति वापत परराष्ट्र मन्त्रालयमार्फत डोलीको नाममा ४५ लाख आयो । उक्त रकम बितरण गर्ने जिम्मा जिल्ला प्रासन कार्यालय सप्तरीलाई दिँदै सरकारले कार्यालयकै खातामा रकम पठाइयो ।

कार्यालयसँग रकम हस्तान्तरण गरेको रेकर्ड पनि छ । तर, क्षतिपूर्ति नपाएको डोलीको गुनासो छ ।

डोलीका अनुसार उनलाई रकम दिलाउन सहयोग गर्नेहरुले भनेका थिए, ‘केहि दिनमै रकम हातमा आउँछ ।’

रकम आउने आशमा डोलीले लामै समय बिताइन् । तर, रकम नपाएपछि उनी पुनः जिल्ला प्रशासन कार्यालयमा आएकी छन् । ‘बुझिसकेको रकम नपाएको सुन्दा आश्चर्य लाग्यो’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने, ‘यसबारेमा बुझ्दा रकम समेत निकासा भइसकेको रहेछ ।’

सरकारी खाताबाट रकम निकासा भएको तर, डोलीले नपाएको जस्तो देखिएको भन्दै उनले खोजी गर्ने बताएका छन् । डोलीकै नाममा खाता खोलाएर रकम जम्मा गरी उनैलाई प्रयोग गरेर रकम गायव भएको पाइएको भन्दै सीडीओ पौडेलले भने, ‘डोली अन्यायमा परेको छर्लङ्ग देखिन्छ ।”

चार पटकमा झिकियो रकम

क्षतिपूर्ति रकमका लागि डोलीले राष्ट्रिय वाणिज्य बैंक, राजविराज शाखामा खाता खोलेकी थिइन् । जिल्ला प्रशासन कार्यालयबाट पाएको चेकमा उल्लेखित रकम त्यहीं खातामा जम्मा पनि भएको छ ।

उनका अनुसार बाणिज्य बैंकको राजविराज र कठौना शाखाबाट चार पटकमा सबै रकम झिकिएको छ । चेक प्राप्त गर्नेदेखि झिक्ने बेलासम्म डोलीकै हस्ताक्षर देखिएको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले बताए । तर, त्यो रकम कसले खाइदियो भन्ने अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...