News Portal

  • कतारमा श्रीमान् गुमाएकी डोलीको क्षतिपूर्ति रकम गायब

    ५६८ पटक

    श्रवण देव
    सप्तरी – छाँक टार्न मुश्किल भएपछि डोली सदाकी श्रीमान् बौवालाल सदा रोजगारी गर्न कतार गए । कतारमा गएको केही दिनमै ३५ वर्षीय सदाको मृत्यु भएको खबर आयो ।

    ऋण लिएर विदेश गएका श्रीमानको मृत्यु भएपछि डोलीमाथि बज्रपात पर्‍यो । एकातिर तीन जना सन्तानलाई पाल्नुपर्ने र श्रीमान विदेश जाँदा लागेको ऋणको बोझले उनी थिचिँदै गइन् ।

    क्षतिपूर्ति वापत ४५ लाख पाउने सुनेपछि ऋणको बोझ हट्ने छोराछोरीको पालनपोषण हुने आशमा सन्तोक मानिन् । तर, त्यो आश पनि टुट्यो । राहतका लागि सदरमुकाम राजविराजदेखि राजधानी काठमाडौं समेत धेरै पटक धाइन् तर, हातमा एक रुपैयाँ आएको छैन ।

    बौवालालको २०७२ साल फागुनमा मृत्यु भएको थियो । दुई वर्षपछि क्षतिपूर्ति रकम आएको थियो ।

    सीडीओबाट निकासा, डोलीको हातमा पुगेन

    क्षतिपूर्ति वापत परराष्ट्र मन्त्रालयमार्फत डोलीको नाममा ४५ लाख आयो । उक्त रकम बितरण गर्ने जिम्मा जिल्ला प्रासन कार्यालय सप्तरीलाई दिँदै सरकारले कार्यालयकै खातामा रकम पठाइयो ।

    कार्यालयसँग रकम हस्तान्तरण गरेको रेकर्ड पनि छ । तर, क्षतिपूर्ति नपाएको डोलीको गुनासो छ ।

    डोलीका अनुसार उनलाई रकम दिलाउन सहयोग गर्नेहरुले भनेका थिए, ‘केहि दिनमै रकम हातमा आउँछ ।’

    रकम आउने आशमा डोलीले लामै समय बिताइन् । तर, रकम नपाएपछि उनी पुनः जिल्ला प्रशासन कार्यालयमा आएकी छन् । ‘बुझिसकेको रकम नपाएको सुन्दा आश्चर्य लाग्यो’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने, ‘यसबारेमा बुझ्दा रकम समेत निकासा भइसकेको रहेछ ।’

    सरकारी खाताबाट रकम निकासा भएको तर, डोलीले नपाएको जस्तो देखिएको भन्दै उनले खोजी गर्ने बताएका छन् । डोलीकै नाममा खाता खोलाएर रकम जम्मा गरी उनैलाई प्रयोग गरेर रकम गायव भएको पाइएको भन्दै सीडीओ पौडेलले भने, ‘डोली अन्यायमा परेको छर्लङ्ग देखिन्छ ।”

    चार पटकमा झिकियो रकम

    क्षतिपूर्ति रकमका लागि डोलीले राष्ट्रिय वाणिज्य बैंक, राजविराज शाखामा खाता खोलेकी थिइन् । जिल्ला प्रशासन कार्यालयबाट पाएको चेकमा उल्लेखित रकम त्यहीं खातामा जम्मा पनि भएको छ ।

    उनका अनुसार बाणिज्य बैंकको राजविराज र कठौना शाखाबाट चार पटकमा सबै रकम झिकिएको छ । चेक प्राप्त गर्नेदेखि झिक्ने बेलासम्म डोलीकै हस्ताक्षर देखिएको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले बताए । तर, त्यो रकम कसले खाइदियो भन्ने अनुसन्धान भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपा एकै धारमा, संसद् बहिष्कार गर्दै दबाव बढाउँदै

    काठमाडौं, असार ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि आ-आफ्नै शैलीमा विरोध गर्दै आएका...

    बेल्जियमस्थित नेपाली दूतावासमा अन्तरक्रिया

    ब्रसेल्स। ब्रसेल्सस्थित नेपाली दूतावासले बेल्जियममा सक्रिय नेपाली संघसंस्था एवम् समाजका अगुवाहरुसंग अन्तरक्रिया गरेको छ। बेनेलक्स...

    सर्वोच्चले एनआरएनए विवादबारे सुनाएको पुनरावलोकनको निस्साको अर्थ के हो ?

    ‘फैसला अनुसार काम सम्पन्न भइसक्यो’ काठमाडौं, असार ६ — सर्वोच्च अदालतको पूर्ण इजलासले गैरआवासीय नेपाली...

    सभामुखको पहलमा रास्वपासँग छलफल, संसद अवरोध नहुने आशा

    काठमाडौं, असार ६ – प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय भएसँगै...

    नवलपरासीमा यात्रुबाहक बस खोलामा बगायो, ४० जना यात्रुको सकुशल उद्दार

    नवलपुर, असार ६ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयी खोलामा यात्रुबाहक बस बगाएको छ। भे१ख...