News Portal

  • तपाईंको राशिफल : आज वि.सं. २०७५ साल असोज १७ गते बुधबार

    हिमाली संचार संवाददाता
    ७०६ पटक

    – इश्वी सन् २०१८ अक्टोबर ३ तारिख, नेपाल संवत् ११३८ नवमीतिथि !

    – ज्योतिष लक्ष्मीप्रसाद बराल

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
    परिस्थितिवश चिताएको काममा केही बाधा हुनेछ। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। अपराह्नदेखि शुभचिन्तकहरूको साथले स्थितिमा सुधार आउनेछ। सेवामूलक कामबाट उपलब्धि प्राप्त हुनेछ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
    बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्ने हुँदा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। आत्मसम्मानका लागि मौन रहनु बेस होला। व्यवहारले समेट्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अपराह्नतिर गोपनीयतामा विशेष सजग रहनुहोला। प्रतिस्पर्धीलाई कमजोर ठान्दा++ व्यर्थैमा दु:ख पाइनेछ।वचनमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले फाइदा दिलाउनेछ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
    व्यवधानका बीच नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू थोरै हुनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। कामको चाप बढे पनि पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। अपराह्नदेखि न्यायका लागि सजग रहनुपर्ला। आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
    प्रतिस्पर्धाले कर्मयोगको मार्गमा अग्रसर गराउने हुँदा फाइदा हुनेछ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। केही खर्च लागे पनि लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
    श्रमलाई सजिलै रकममा रूपान्तरण गर्न सकिनेछ। व्यापार तथा साझेदारीमा मनग्गे लाभ हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। अपराह्नतिर व्यवसायमा लागत बढ्नेछ भने अनियन्त्रित खर्चले मन पिरोलिन सक्छ। पछिका लागि केही त्याग गर्नुपर्ला। बलजफ्तीले काम रोकिन सक्छ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
    पुराना कामको चर्चा भए पनि प्रतिस्पर्धाको दौडमा पछि परिनेछ। आफ्नैले काममा बाधा पुर्याउन सक्छन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। अपराह्नदेखि स्थितिमा सुधार आउनाले काम बनाउन सकिनेछ। बलभन्दा बुद्धिको उपयोगले विशेष लाभ दिलाउनेछ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
    समय चुनौतीपूर्ण देखिए पनि लगनशीलताले अवसर दिलाउन सक्छ। श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। अपराह्नतिर स्थिति केही कमजोर रहला। बलजफ्तीले काम बिग्रनेछ भने आँटले काम लिन नसक्दा पछि परिनेछ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
    परिस्थिति अनुकूल नदेखिए पनि शुभचिन्तकहरूको साथले जिम्मेवारी प्राप्त हुन सक्छ। मिहिनेत गर्दा लगानी उठाउन सकिनेछ। आम्दानी कमजोर हुनाले कर्जा लिनुपर्ला। साँझतिर पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। परिस्थितिवश योजना सम्पन्न गर्न समय लाग्नेछ। अवसरका विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। लगनशीलताले काम बन्नेछ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
    मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्नेछ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन उदास रहनेछ। साँझतिर असहज परिस्थितिका बीच काम बनाउन सकिनेछ। शुभचिन्तकहरू जुट्नाले नसोचेको काम बन्न सक्छ। वादविवादबाट जोगिने प्रयास गर्नुहोला।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
    अवसर आए पनि अधिकारका लागि सजग रहनुपर्ला। वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। साँझतिर कामको वातावरण बन्नेछ। मिहिनेत गर्दा जिम्मेवारी पाइनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
    पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। व्यवसायमा समेत फाइदा उठाउन समय पर्खनुपर्नेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत पर्ला। तापनि निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। आफ्नो धनमाल सुरक्षामा भने विशेष ध्यान पुर्याउनुहोला।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
    अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। समस्या दर्साउँदा साथीभाइले साथ दिनेछन्। कृषि र पशुधनबाट लाभ हुनेछ। सहयोगीका माध्यमबाट काम बनाउन सकिनेछ। साँझतिर विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। हल्लाको पछि लाग्दा बित्थैमा दु:ख पाइनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प, बिरामीहरू उपचारविना फर्कन बाध्य

    काठमाडौं, असार २३ – उपभोक्ता अदालतको पछिल्लो आदेशविरुद्ध नेपाल चिकित्सक संघको अगुवाइमा सुरु भएको आन्दोलनका...

    पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औं जन्मदिनमा निर्मल निवासमा शुभेच्छुकहरूको भिड

    काठमाडौं, असार २३ — पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७९ औं जन्मदिन पारिवारिक वातावरणमा शुभेच्छुकहरूको...

    भोजपुर सामूहिक हत्या प्रकरणका शव फरेन्सिक परीक्षणका लागि धरान पठाइयो, पीडित परिवारलाई आर्थिक सहयोग

    भोजपुर, असार २३ – भोजपुरको रामप्रसाद राई–२ धोद्लेखानीमा भएको दर्दनाक सामूहिक हत्या घटनामा मारिएका चार...

    आज २०८२ साल असार २३ गतेको राशिफल

    आज असार २३, २०८२ (जुलाई ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धैर्यता भित्र लुकेका प्रश्नहरु – कमला थापा

    २०८२ असार २२ गते। नेपाली कांग्रेसमा कोइरालाहरु अरु नेतृत्व भन्दा निकै सरल, शालिन कार्यकर्ताका विचमा...