News Portal

गैरआवासीय नेपाली संघ कुवेतद्वारा आयोजना हुने भलिबल प्रतियोगिताको मिति सर्‍यो

टाइशीट ३० तारिक साँझ प्रकाशन गर्ने

हिमालीसंचार संवाददाता
३६६ पटक

कुवेत– गैरआवासीय नेपाली संघ कुवेतद्वारा २४ डिसेम्बर आयोजना गर्ने भनिएको गैरआवासीय अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिताको मिति परिवर्तन भएको छ। २४ डिसेम्बर आयोजना गर्ने भनिएता पनि विभिन्न प्राविधिक कारणहरुले उक्त दिन गर्न नसकिने र सोही प्रतियोगिता ७ जनवरिका दिन गर्ने निर्णय भएको जानकारी प्राप्त भएको छ।गैरआवासीय नेपाली संघका युवा संयोजक नवराज पराजुलिले विविध प्राविधिक कारणले मिति परिवर्तन गरि ७ जनवरिका दिन गर्ने जानकारी दिएका हुन।

उनले आजकै दिनबाट टिम दर्ता गर्न सकिने र अन्तिम टिम दर्ता ३० विहिवार साँझ ५ बजे सम्म रहेको समेत जानकारी गराएका छन।उनले भने ३० तारिक साँझ ५ बजे सम्म टिम दर्ता गराएर सोही दिन साँझ ७ बजे टाइशिट सार्वजनिक गर्नेछौँ। टिम दर्ताका लागि महासचिव दिलकुमार पाख्रीनलाई 97557313 मा युवा संयोजक नबराज पराजुलिलाइ 50616895 मा र साँस्कृतिक विभाग प्रमुख मोहन राईलाई 66223024 सम्पर्क गर्न सकिनेछ।
टाइशीटको लागि ३० तारिक माबुल्लाको नमस्ते नेपाली रेस्टुरेन्टमा टिम म्यानेजर वा टिमको प्रतिनिधि उपस्थित हुनुपर्ने छ।प्रतियोगिता स्तरिय ढङ्गबाट कुवेत सरकारकै भलिबल कोर्टमा हुने हुँदा चौतर्फी सिसि क्यामेरा जडान गरिएको जानकारी गराउँदै खेल हेर्न आउनुहुने दाजुभाई दिदिबहिनिहरुले कुनै पनि किसिमको मदिरापान नगरी आउनुहुन अनुरोध गरिएको छ।

प्रतियोगिताको पुरस्कारमा भने परिवर्तन भएको छैन। प्रथम पुरस्कार नगद २०१ कुवेती दिनार, ट्रफी, प्रमाणपत्र र मेडल, दोश्रो पुरस्कार १२५ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र, तेस्रो पुरस्कार, प्रमाणपत्र, ट्रफी र मेडल, सर्बोत्कृष्ट खेलाडीलाई नगद २५ कुवेती दिनार ट्रफी र प्रमाणपत्र सर्बोत्कृष्ट स्पाइकरलाई नगद २५ कुवेती दिनार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिता हुने
मिति: ०७ जनवरी २०२२
समय: बिहान ठिक ८ बजे
स्थान: फाहाहिल क्लब फहाहिल अक्सिजन जिमको पछाडी

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...