News Portal

  • गैरआवासीय नेपाली संघ कुवेतद्वारा आयोजना हुने भलिबल प्रतियोगिताको मिति सर्‍यो

    टाइशीट ३० तारिक साँझ प्रकाशन गर्ने

    हिमालीसंचार संवाददाता
    २८१ पटक

    कुवेत– गैरआवासीय नेपाली संघ कुवेतद्वारा २४ डिसेम्बर आयोजना गर्ने भनिएको गैरआवासीय अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिताको मिति परिवर्तन भएको छ। २४ डिसेम्बर आयोजना गर्ने भनिएता पनि विभिन्न प्राविधिक कारणहरुले उक्त दिन गर्न नसकिने र सोही प्रतियोगिता ७ जनवरिका दिन गर्ने निर्णय भएको जानकारी प्राप्त भएको छ।गैरआवासीय नेपाली संघका युवा संयोजक नवराज पराजुलिले विविध प्राविधिक कारणले मिति परिवर्तन गरि ७ जनवरिका दिन गर्ने जानकारी दिएका हुन।

    उनले आजकै दिनबाट टिम दर्ता गर्न सकिने र अन्तिम टिम दर्ता ३० विहिवार साँझ ५ बजे सम्म रहेको समेत जानकारी गराएका छन।उनले भने ३० तारिक साँझ ५ बजे सम्म टिम दर्ता गराएर सोही दिन साँझ ७ बजे टाइशिट सार्वजनिक गर्नेछौँ। टिम दर्ताका लागि महासचिव दिलकुमार पाख्रीनलाई 97557313 मा युवा संयोजक नबराज पराजुलिलाइ 50616895 मा र साँस्कृतिक विभाग प्रमुख मोहन राईलाई 66223024 सम्पर्क गर्न सकिनेछ।
    टाइशीटको लागि ३० तारिक माबुल्लाको नमस्ते नेपाली रेस्टुरेन्टमा टिम म्यानेजर वा टिमको प्रतिनिधि उपस्थित हुनुपर्ने छ।प्रतियोगिता स्तरिय ढङ्गबाट कुवेत सरकारकै भलिबल कोर्टमा हुने हुँदा चौतर्फी सिसि क्यामेरा जडान गरिएको जानकारी गराउँदै खेल हेर्न आउनुहुने दाजुभाई दिदिबहिनिहरुले कुनै पनि किसिमको मदिरापान नगरी आउनुहुन अनुरोध गरिएको छ।

    प्रतियोगिताको पुरस्कारमा भने परिवर्तन भएको छैन। प्रथम पुरस्कार नगद २०१ कुवेती दिनार, ट्रफी, प्रमाणपत्र र मेडल, दोश्रो पुरस्कार १२५ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र, तेस्रो पुरस्कार, प्रमाणपत्र, ट्रफी र मेडल, सर्बोत्कृष्ट खेलाडीलाई नगद २५ कुवेती दिनार ट्रफी र प्रमाणपत्र सर्बोत्कृष्ट स्पाइकरलाई नगद २५ कुवेती दिनार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

    प्रतियोगिता हुने
    मिति: ०७ जनवरी २०२२
    समय: बिहान ठिक ८ बजे
    स्थान: फाहाहिल क्लब फहाहिल अक्सिजन जिमको पछाडी

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...

    ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

    काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई...

    प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले...

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    काठमाडौं – हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। काठमाडौं...

    नक्खु जेलबाट रवि लामिछाने रिहा हुने तयारी, राजधानीमा तनाव

    काठमाडौं, भदौ २४ — राजधानीमा राजनीतिक तनाव उच्च स्तरमा पुगेको छ। स्रोतका अनुसार, नक्खु जेलबाट...