News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • जन-प्रगतिशील मञ्च कुवेतको चाैथो अधिवेशन सम्पन्न अध्यक्षमा क. मनु बहादुर भुजेल

    हिमालीसंचार संवाददाता
    १९२ पटक

    कुवेत – नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय अधिवेशन हिजाे १७ डिसेम्बर २०२१ शुक्रबारको दिन कुवेतको जलिप अब्बासिया स्थित पपिन्स हलमा भव्य रूपमा सम्पन्न भयाे।अधिवेशन मार्फत कमरेड मनु बहादुर भुजेल मगर नै ४३ सदस्सीय कार्य समिति सहित नयाँ कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका छन्।

    उद्घाटन सत्र र निर्वाचन सत्र गरि दुई चरणमा सम्पन्न गरिएको अधिवेशन भौतिक उपस्थित र अनलाइन जुम मार्फत जोडिएर सम्पन्न भएको थियो।निर्धारित समयभन्दा निकै ढिलो गरि सम्पन्न भयाे।राष्ट्रिय गान सहिद स्मरण र दीप प्रज्वलन गर्दै शुरू भएको चौथो राष्ट्रिय अधिवेशन अतिथिहरूको अनलाइन तथा भौतिक उपस्थितिमा सम्पन्न भयाेे।

    केन्द्रिय नेतृत्वको व्यस्तताको कारण अन्य नेतृत्वले कार्यक्रममा सहभागित जनाउन नसके पनि नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिको तर्फबाट अध्यक्ष ओम शर्मा अधिवेशनमा जोडिएका थिए।

    मञ्चको चौथो राष्ट्रिय अधिवेशनमा शुभकामना मन्तव्य दिंदै प्रमुख अतिथि महामहिम भण्डारीले नेपाली राजदूतावास कुवेत नेपालीहरूको स्तरोन्नती र हक हित प्रवर्धनमा लागि परेको बताउँदै नेपाली समाज कुवेतमा रहेका संघ संस्था र समुदायसँग हातेमालो र सहकार्य गरेर दूतावास अघि बढिरहेको बताउँदै प्रवासमा श्रम गरेर कमाएर मात्रै हुँदैन कमाएको धनलाइ सुरक्षित राख्न आर्थिक र सामाजिक सुरक्षाको लागि पनि हरेक नेपाली चनाखो हुनुपर्ने बताए।

    विशेष अतिथि शर्माले अनलाइन मार्फत सम्बोधन गर्दै प्रवासी श्रमिकका हकहितका विषयमा पार्टी गम्भिर रहेको जनाउँदै विदेशबाट भोट हाल्न पाउनुपर्ने लगायत प्रवासी युवाको हकहित र सामाजिक सुरक्षाको विषयमा जन प्रगतिशील मञ्च सकृय भएर लाग्नु पर्ने बताउँदै अधिवेशनमार्फत नव निर्वाचित हुने पदाधिकारीहरूलाइ अगृम बधाइ तथा शुभकामना दिएका थिए।

    चौथो राष्ट्रिय अधिवेशन आयोजक समितिका संयोजक क. मनु बहादुर भुजेलको सभाध्यक्षता, नेपाली राजदूतवास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता, नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा (अनलाइन जुम मार्फत), मध्यपूर्व समन्वय समितिका संयोजक शनि कुमार ओली, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समितिका अध्यक्ष रण ध्वज लामाको विशेष आतिथ्यता, नेकपा माओवादी केन्द्र मध्यपूर्व समन्वय समिति सदस्य एवं केन्द्रिय पर्यवेक्षक सुजन के.सि., प्रवासी नेपाली मञ्चका अध्यक्ष राज कुमार थापा, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष युवराज गैरे, नेपाली जन सम्पर्क समिति कुवेतका महामन्त्री केशर घलान नेपाल पत्रकार महासंघ कुवेतका सह-सचिव हरि बानियाँ लगायत विभिन्न संघ, संस्थाका पदाधिकारी प्रतिनीधि, बुद्धिजीवि, समाजसेवी परोपकारी व्यक्तित्वहरू तथा नेपाली जन प्रगतिशील मञ्चमा आवद्ध र नेकपा माओवादी केन्द्र प्रति आस्थावान दाजुभाइ तथा दिदीबहिनीहरूको उत्सावर्धक उपस्थितिमा मञ्चको चौथो राष्ट्रिय अधिवेशन सम्पन्न भएको थियो।

    संस्थाको बस्तुस्थितिबारे क. सुजन के.सि.ले सहजीकरण गरेको उक्त कार्यक्रममा अतिथिहरूले शुभकामना मन्तव्य दिंदै मञ्चले गरेका राम्रा कामहरूको सराहना गर्दै प्रवासमा रहेका भातृ संगठनहरूले राजनीतिक भन्दा पनि सामाजिक र मानविय सेवाका कार्यहरू एकापसमा सहकार्य गरेर गर्नु पर्ने बताउँदै संगठनहरूलाइ विस्तार गरि प्रवासका सबै श्रमिकहरूलाइ समेट्नु पर्ने बताएका थिए भने अधिवेशनमार्फत निर्वाचित हुने नयाँ कार्यसमितिलाइ अगृम बधाइ बधाइ तथा शुभकामना दिएका थिए।

    अधिवेशनमा शुभकामना मन्तव्य दिने बक्ताहरूमा रणध्वज लामा, राजकुरमार थापा, केशर घलान, युवराज गैरे, हरि लावती, माधव पौडेल, हरि बानिया, टिकाराम आचार्य लगायत थिए।

    उद्घाटन सत्रको समापनमा बोल्दै अध्यक्ष मन बहादुर भुजेल मगरले देशमा अहिले प्राप्त राजनीतिक उपलब्धिहरू गणतन्त्र, संघियता, धर्मनिरपेक्षता तथा समावेशीता नेकपा माओवादी केन्द्रको एजेण्डा भएको र सबै उपलब्धिहरू प्राप्त गर्ने समय लागे पनि दलित, उत्पीडित, जनजाती सबैको माग समयक्रम संगै पुरा हुँदै जाने बताउँदै अत्यन्त कार्य व्यस्तताको वावजुद पनि मञ्चको चौथो राष्ट्रिय अधिवेशन समारोहमा उपस्थित भइ कार्यक्रमलाइ सभ्य र भव्य रूपमा सम्पन्न गर्न विशेष भूमिका निर्वाह गर्नु भएकोमा प्रमुख अतिथि ज्यू लगायत सबैलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दै उद्घाटन सत्र समापन गरेका थिए भने उद्घाटन सत्रको कार्यक्रम संचालन क. आनन्द आचार्य र क. तिलक भण्डारीले गरेका थिए।

    क. ध्रुब कुमार संग्रौला (कुमार झापाली) निर्वाचन संयोजक रहेको निर्वाचन समितिका आयुक्त मान बहादुर तामाङ (दिल कुमार पाख्रिन) निर्वाचन सत्रको कार्यक्रम संचालन गरेका थिए भने निर्वाचन समितिले निर्वाचनको प्रकृया पुर्याएर सर्व सम्मतिमा तय भएको नयाँ कार्य समितिको नामावली पढेर सुनाउँदा हलबाट कर्तल ध्वनीका साथ गडगडाहट ताली बजाएर नव निर्वाचित कार्य समितिको स्वागत गरिएको थियो भने निर्वाचित पदाधिकारी तथा सदस्यहरूका विरूद्धमा कसैको पनि दावी विरोध नभएपछि अविरजात्रा तथा खादा ओढाएर नयाँ कार्य समिति निर्वाचित गरिएको थियो भने सोही अबसरमा निर्वाचत समिति संयोजक झापालीले नव निर्वाचित कार्य समितिका सम्पूर्ण पदाधिकारीहरूलाइ सपथ खुवाएका थिए।

    नयाँ कार्यसमिति तपसिल बमोजिम रहेको छः

    अध्यक्ष-क. मनु बहादुर भुजेल
    बरिष्ठ उपाध्यक्ष- क. राजन श्रेष्ठ
    उपाध्यक्ष -क. रुपक थापा
    उपाध्यक्ष -क. जीवन सुनार
    महासचिब-क.बुद्दि बहादुर गुरुङ
    सचिव -क. कमल भणडारी
    सचिव- क. नविन तामाङ
    सचिव- क. राजु धिमाल
    कोषाध्यक्ष – क. मीलन तामांग
    सहकोषाध्यक्ष- क. दिल बहादुर बि.क.(दिल श्रीपाली)
    युवा संयोजक – क. दिपक कुमार नेपाली
    सांस्कृतिक विभाग संयोजक – क. राजन सुबेदी
    महिला संयोजक – क. ललिता थापा मगर
    अनुशासन संयोजक- क. कमल राई
    प्रवक्ता- क -सुरेश ग्यावा तामाङ

    सदस्यहरुमा क्रमशः
    क. युबक राई,
    क. कुल बहादुर तामाङ
    क. युबक राई,
    क. कुल बहादुर त्यस पछि नव निर्वाचित समितिको छोटो बैठक अध्यक्ष क. मन बहादुर भुजेलको अध्यक्षतामा बसी आगामी बैठक नयाँ वर्ष २०२२ जनवरीको तेस्रो हप्ता बस्ने निणर्य गरेको र आगामी बैठकको लागी पछि मिति, स्थान र समय तोकेर सबै निर्बाचित सदस्यहरुलाई सर्कुलर जारी गर्ने निणर्य भएको कुरा पनि नव निर्वाचित महासचिव बुद्धि बहादुर गुरूङले बताएका छन् ।
    क. अमृत मान घिसिंग
    क. चिरनजीवी खतिवडा
    क. प्रेम बहादुर बिश्वकर्मा
    क. चक्र बहादुर राई
    क. बसन्त साम्बा
    क. हित काजी चन्दरा
    क. माया बि.क.
    क. रत्न कुमार लामा
    क. हर्क बस्नेत
    क. कृष्ण प्रसाद खड्का
    क. प्रिया कार्की
    क. शालिक राम कुमाल
    क. दिनेश बि.क.
    क. शिव घमाल
    क. दीपु राज सापकोटा
    क. रोशन कटुवाल
    क. मन नारायण श्रेष्ठ
    क . बुद्दि राज गिरी
    क. बिजय धिमाल
    क. मीन लाल तामांग
    क. सन्त बीर मगर
    क. सुनिता लामा
    क. धन बहादुर घलान
    क. सलित कुमार राय
    क. तिलक बहादुर खुजुम
    क. सुभाष लोप्चन

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा गएनन् दुई पूर्वप्रधानमन्त्री देउवा र भट्टराई

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा अनुपस्थित् भएका छन्।...

    स्वर्णिमले रास्वपा कब्जा गर्न रवि लामिछानेलाई जेल कोच्ने आधार खडा गरे : मुकुल ढकाल

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका निश्काशित महामन्त्री डा. मुकुल ढकालले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले नै...

    सुन तोलामै १५ हजार सस्तिने, कहिलेदेखि लागू हुन्छ ?

    काठमाडौं। सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ। भारतमा सुनको भन्सार महसुल थोरै...

    प्रहरी विधयेक आइतबार मन्त्रिपरिषद्‍मा पेस

    काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न वनेको...

    बीआरआईबारे कांग्रेसमा तीनथरी मत, यही कारण सरकार नढलोस् भनेर ओली–देउवा सचेत

    काठमाडौँ। सत्ता गठबन्धनको एक मुख्य घटक नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)...