News Portal

काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीमा एसएसपी गिरी, एसएसपी सिंहको कहाँ भयो सरुवा ?

हिमालीसंचार संवाददाता
३४८ पटक

काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी एसएसपी सुदीप गिरीले सम्हालेका छन्। उनी शुक्रबार काठमाडौं प्रहरी प्रमुखको रुपमा कार्यालयमा हाजिर भएका हुन्।

केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत उनको यसअघि नै काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा भएपनि निर्णय कार्यान्वयन हुन सकेको थिएन।

गत कात्तिकमै महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहलाई हटाएर गृह मन्त्रालयले सुदीप गिरीलाई जिम्मेवारी दिने निर्णय गरे पनि सो निर्णय कार्यान्वयनमा भने उल्झन देखिएको थियो।

काँग्रेसभित्रको शक्तिकेन्द्रको स्वार्थ बाझिँदा निर्णय कार्यान्वयनमा समस्या देखिएको हो। सिंह २०७७ मंसिर ५ मा काठमाडौं प्रहरी प्रमुख बनेका थिए।

गृहमन्त्री बालकृष्ण खाँणले गिरीलाई काठमाडौं प्रहरी प्रमुख बनाउने निर्णय गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवाले नै निर्णय कार्यान्वयन हुन रोकेकामा अन्ततः गिरी लामो प्रतीक्षापछि कार्यालयमा हाजिर भएका हुन्। सिंहलाई भने, भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...