News Portal

काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीमा एसएसपी गिरी, एसएसपी सिंहको कहाँ भयो सरुवा ?

हिमालीसंचार संवाददाता
३६१ पटक

काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी एसएसपी सुदीप गिरीले सम्हालेका छन्। उनी शुक्रबार काठमाडौं प्रहरी प्रमुखको रुपमा कार्यालयमा हाजिर भएका हुन्।

केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत उनको यसअघि नै काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा भएपनि निर्णय कार्यान्वयन हुन सकेको थिएन।

गत कात्तिकमै महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहलाई हटाएर गृह मन्त्रालयले सुदीप गिरीलाई जिम्मेवारी दिने निर्णय गरे पनि सो निर्णय कार्यान्वयनमा भने उल्झन देखिएको थियो।

काँग्रेसभित्रको शक्तिकेन्द्रको स्वार्थ बाझिँदा निर्णय कार्यान्वयनमा समस्या देखिएको हो। सिंह २०७७ मंसिर ५ मा काठमाडौं प्रहरी प्रमुख बनेका थिए।

गृहमन्त्री बालकृष्ण खाँणले गिरीलाई काठमाडौं प्रहरी प्रमुख बनाउने निर्णय गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवाले नै निर्णय कार्यान्वयन हुन रोकेकामा अन्ततः गिरी लामो प्रतीक्षापछि कार्यालयमा हाजिर भएका हुन्। सिंहलाई भने, भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ।

प्रतिकृया दिनुहोस्

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...