News Portal

रेल चले पनि सरकारलाई दिनकै ७ लाख घाटा !

हिमालीसंचार संवाददाता
३५७ पटक

काठमाडौं। भारतको जयनगरदेखि जनकपुरको कर्थासमेत रेल चलाउन दिनकै १० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने देखिएको छ। ३४ दशमलव ९ किमि दूरीमा चल्ने रेलमा काम गर्ने भारतीय प्राविधिकलाई धेरै तलब सुविधा दिएर ल्याउनुपर्ने भएपछि खर्च बढी हुनेछ।

नेपाली प्राविधिक तयार नहुँदासम्म खर्च कम हुन कठिन रहेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए। एउटा लोको पाइलटलाई मासिक ३ लाख २५ हजार भारु दिनुपर्छ। यस्ता पाइलट ४ जना रहनेछन्। सिग्नलिङका लागि आउने प्राविधिकलाई पनि मासिक तलब करिब २ लाख ५० हजार भारु दिनुपर्नेर्छ।

नेपाली कर्मचारी पनि १ सय ५१ जना रहनेछन्। उनीहरुका लागि मासिक ६० लाख रुपैयाँ खर्च हुनेछ। रेलका लागि इन्धन खर्च प्रतिदिन १ लाख ३० हजार रुपैयाँकोे हुने झाले बताए। भारतीय रेलवे कम्पनी कोंकणसँग १ वर्षका लागि रेल चलाउने र मर्मत गर्ने गरी २२ करोड भारु (३५ करोड २० लाख रुपैयाँ)मा सम्झौता भएको छ।

यसबापत पहिलो किस्ताका रुपमा साढे ७ करोड रुपैयाँ भुक्तानी दिइसकिएको छ। कोंकणलाई तिर्नुपर्ने रकमसहित एक दिनका खर्च १० लाख रुपैयाँभन्दा बढी हुने झाले जानकारी दिए। ‘रेल चढ्ने यात्रुबाट वार्षिक १० करोड रुपैयाँ आम्दानी हुने हाम्रो अनुमान छ,’ उनले भने ‘यति हुँदा पनि प्रतिदिन घाटा करिब ८ लाख हुन्छ।’ टिकट शुल्कबाट प्रतिदिन पौने ३ लाख रुपैयाँ आम्दानी हुनेछ। यो खबर आजको कान्तिपुरदैनिकमा छापिएको छ।

प्रतिकृया दिनुहोस्

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...