News Portal

देउवाका राजनीतिक कमान्डर पूर्णबहादुर खड्का

हिमालीसंचार संवाददाता
४०४ पटक

प्रकाश धौलाकोटी, काठमाडौँ। केपी ओली नेतृत्वको सरकारविरुद्व गएको वैशाख अन्तिम साता विपक्षी दलहरूको मोर्चा बन्दै थियो, पाँच दलीय मोर्चाको नेतृत्व कांंग्रेस सभापति शेरबहादुर देउवाले गरेका थिए। तर, गठबन्धनको गाँठो कस्ने भूमिकामा थिए, महामन्त्री पूर्णबहादुर खड्का।

१३ औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेका खड्कालाई देउवाले पार्टीको महामन्त्री मनोनीत गरेका थिए। तर, पछिल्ला दुई वर्ष उनी देउवाको ‘राइट ह्याण्ड’ को भूमिका छन्। देउवाले लिने सबैजसो निर्णयमा खड्काको भूमिका रहन्छ। खड्का नै देउवाका रणनीतिक योजनाकार हुन्।

नेता खुमबहादुर खड्काको समूहबाट कांग्रेसको केन्द्रीय राजनीतिमा उदाएका उनी खड्काकै कोटामा पहिले सहमहामन्त्री र पछि महामन्त्री भए। पछिल्लो पटक ०७४ मा खुमबहादुरको निधनपछि देउवाले उनलाई २१ बैशाख, ०७५ मा महामन्त्री मनोनीत गरेका थिए। अब पार्टीको उपसभापतिमा निर्वाचित भएपछि खड्का कांग्रेसमा झन् शक्तिशाली बनेका छन्।

गृहसहित विभिन्न मन्त्रालयमा पटक–पटक मन्त्री भएर जिम्मेवारी लिएका उनी अहिलेसम्म विवादमा नपर्ने नेतामध्ये पर्छन्। पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई आदर्श मान्ने उनी पार्टीभित्र निष्ठावान् नेताका रुपमा परिचित छन्। अहिले पनि घरि–घरि ललितपुरको बाडेगाउँस्थित किसुनजीको कुटीमा पुगेर पूजाआजा गर्ने खड्का आफूलाई किसुनजीको सच्चा कार्यकर्ता ठान्छन्। ‘बीपीबाट प्रेरित र किसुनजीको सच्चा अनुयायी हो उहाँ। पार्टीको कठोर अनुशासनमा बसेको नेता हो,’ उनीनिकट एक नेताले भने।

त्यसो त देउवा समूहमा उपसभापति विमलेन्द्र निधिले सभापतिमा लड्ने घोषणा गरेपछि खड्काको भूमिका बढेको हो। ‘अहिले हाम्रो समूहको राणनीतिक कमान्डर नै उहाँ हो। उहाँको परामर्शमा सभापतिज्यूले धेरै निर्णय लिनुहुन्छ,’ देउवा समूहका ती नेताले भने। देउवाले खड्कालाई आफ्नो समूह र पार्टीमा मात्रै होइन, सत्ता गठबन्धनमा पनि महत्वपूर्ण भूमिका दिएका छन्।

खड्काले गठबन्धनको नीति तथा कार्यक्रम निर्माण गर्नेदेखि गठबन्धनमा कांग्रेसले खेल्ने रणनीतिक भूमिकामा कांग्रेसबाट प्रतिनिधित्व गर्दै आएका छन्। खड्काको त्यो सक्रियता र भूमिकाकै कारण उनलाई १४ औं महाधिवेशनमा निर्विकल्प उपसभापति उम्मेदवार बनाएको नेताहरूको भनाइ छ।

०१० सालमा सुर्खेतमा जन्मिएका खड्का ०४५ सालदेखि नै सक्रिय राजनीतिमा छन्। गाउँमा जन्मिए पनि खड्काको परिवार सबल र राजनीतिक नै थियो, उनका बुवा जिल्ला पञ्चायतको उपसभापति थिए। माध्यमिक शिक्षापछि नेपालगन्ज र काठमाडौंबाटै उच्च शिक्षा हासिल गरेका खड्काले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। नेपाल विद्यार्थी संघमा आबद्ध भएका उनी केन्द्रीय सदस्य हुँदै उपसभापतिसम्म पनि भए। ०३६ सालको जनमतसंग्रह र ०४६ सालको आन्दोलनमा उनको सक्रिय भूमिका रह्यो।

त्यसबीचमा उनी दलमाथि प्रतिबन्ध भएकै बेला जनपक्षीय उम्मेदवारको रुपमा स्थानीय चुनावमा प्रतिस्पर्धा गरे, र जिते पनि। तर, छोटो समयमै उनी पञ्चायतबाट निलम्बित भए। राजनीतिक आन्दोलनकै क्रममा पटक–पटक गरेर ५ महिना हिरासतमा परेका खड्का बहुदल स्थापनापछि तत्कालिन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईका प्रिय पात्र थिए।

भट्टराईकै स्नेहमा उनी ०४५ सालमा सुर्खेत सभापति भए। ०४८ को आमनिर्वाचनमा उनी सुर्खेत क्षेत्र नं. १ बाट निर्वाचित भए। ०५१ को मध्यावधि चुनाव जितेका उनी राज्य व्यवस्था समितिको सभापति बने। त्यही बेला उनले पार्टीमा आफ्नो पकड बढाए। यसक्रममा खड्काले पटक–पटक गरेर गृहसहित आधा दर्जनभन्दा धेरै मन्त्रालय सम्हाले। उनले गृह, सूचना तथा सञ्चार, युवा, खेलकुद तथा संस्कृति, वातावरण र उद्योग वाणिज्यमन्त्री भएर काम गरे।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...