News Portal

दोहा कतारमा किरातीहरुले संयुक्त उधौली चाड मनाउने

हिमालीसंचार संवाददाता
३७३ पटक

गजेन्द्र खालिङ/दोहा – कतारमा स्थापित प्रमुख तीन किराती संस्थाहरु “किरात राई यायोक्खा शाखा कतार, सुनुवार सेवा समाज शाखा कतार र किरात याक्थुङ चुम्लुङ” कतारको संयुक्त आयोजनामा किरात मूल समारोह आयोजक समितिले विगतका बर्षहरुमा झै किरातीहरुको महान चाड साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नाम – ५०८१ यहि मिति १७ डिसेम्बर २०२१ शुक्रवारको दिन सहानियाको अलदोसरी पार्कमा मनाउने भएको छ।

कोरोनाको महामारी पश्चात केहि सहज परिस्थिती भएको हुदा सुरक्षाको मापदण्ड अपनाउदै यस बर्ष पनि किरात मूल समारोह आयोजक समितिका संयोजक चक्रिय प्रणाली अनुसार किरात राई यायोक्खा शाखा कतारको अध्यक्ष शंकरमान राईको संयोजकत्वमा, नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष पुरुस्वतम सुनुवारको प्रमुख आतिथ्यमा तथा उप संयोजकहरु सुनुवार सेवा समाज शाखा कतारका का.वा. अध्यक्ष शेर बहादुर सुनुवार र किरात याक्थङ चुम्लुङ कतारका अध्यक्ष हर्क खजुम लिम्बु साथै कतार स्थित विभिन्न सामाजिक संघ सस्थाहरु, समाजसेवी, व्यवसायी, बुद्धिजीविहरु लगायत कतारमा रहेका किराती दाजुभाई तथा दिदि बहिनीहरुको उपस्थितिमा शुभकामना आदानप्रदान तथा किरातीहरुको मौलिक सांकृतिक झाकी लगायत स्थानीय कलाकारहरुको बेजोड सास्कृतिक प्रस्तुतिको साथ मनाउने भएका हो ।

किरातीहरु प्रकृति पुजक हुन, यिनीहरुका हरेक चाड तथा संस्कार संस्कृतिहरु प्रकृति सगै जोडिएको हुन्छ । ति मध्ये उधौली चाड एक महान चाड हो । जसलाई किरात राई समुदायले साकेला उधौली, सुनुवार समुदायले रापावा श्यादर पिदार र लिम्बु समुदायले चासोक थाङ्नाम भन्ने गर्दछ । आदिम कालमा किराती पुर्खाहरुले अन्न बालीको खोज गरि बालि लगाउने बेला र उठाउने बेलालाई सिजनको रुपमा मान्न थालियो ।

बर्षको दुई सिजन मध्ये बैशाख महिना यानकी गर्मीको समयमा अन्न बाली लगाउने सिजनमा लगाएको बाली सप्रियोस भनेर भूमिको पुजा गर्ने चलन छ। जुन बेला प्रकृतिका चराचुरुङ्गी, जिब जनावारहरु गर्मीको कारण उगो लेक तिर जाने, खोलाको माछाहरु पनि उगो खोलाको शीर तिर चढ्ने भएको हुदा यस चाडलाई उभौली चाडको रुपमा मान्ने गरिएको छ । 

त्यस्तै, अर्को सिजन मंसिर महिना यानकी जाडोको सिजनमा अन्न बालि भित्र्याउने समयमा पाकेको बालि आफु खानु अघि पितृहरुलाई चढाउदै पितृको पुजा गर्ने चलन छ जुन बेला प्रकृतिका चराचुरुङ्गी, जिब जनावारहरु जाडोको कारण तल बेसी तिर झर्ने, खोलाको माछाहरु पनि तल झर्ने भएका हुदा यस लाई उधौली चाडको रुपमा मान्ने गरिएको हो । 

त्यसैले यो मंसिरे पुर्णिमाको सिजनमा अन्न बालीहरु भित्र्याउने समय परेको हुदा यति बेला किरातीहरुले आफ्नो पितृहरुलाई फेदाङ्बा/नछुङ् राखेर पितृ पुजा गर्दै न्वागी खाने र ढोल झ्याम्टा बजाउदै साकेला सिली /धान नाच /श्यादरसिल नाचदै धुम धामका साथ मनाउने चलन रहेको छ ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...