News Portal

मधेशी समुदायका महिलाहरुले मनाए जितिया पर्व

हिमाली संचार संवाददाता
७३७ पटक

रबिन्द्र बराल – प्रगतिशील, फेडरेशन अवसर संयुक्त महिला संजाल रंगेलीले मंगलबार बिहानै देखि विभिन्न जितिया तथा नेपाली गितहरुमा नृत्य गरेर मनाेरञ्जन गरेका थिए ।

रंगेली नगरपालिका भित्र छरिएर रहेका मधेसी समुदायका महिलाहरुलाई लक्षित गर्दे जितिया पर्व मनाएका हुन।

उनिहरुले जितमान राजाकाे मुर्तिलाई विशेष पुजाअाजा गरेर मंगलबार एक कार्यक्रमकाे अायाेजना गरेका हुन ।

महिलाहरुले उक्त व्रत श्रीमान, छाेराछाेरी हरुकाे मात्रै नभए र देश र जनताकाे लागि समेत महिलाहरुले व्रत लिने गरेको स्थानीय उर्मिला देवि मंन्डलले बताए ।

नयाँ दुलहिहरुले बिवाहा गरेको पहिलो साल अाफ्नाे माईति घरमा गएर उनिहरुले जितिया पर्व मनाउने प्रचलन रहेको समेत बताए ।

साे कार्यक्रमकाे प्रमुख अतिथि रंगेली नगरपालिका उप मेयर केशव कुमारी खराल, कार्यकारी अधिकृत सुर्य बहादुर थापा, भुमा पराजुली, सिता श्रेष्ठ, वडा सदस्य जनार्दन साह, लगायतकाे उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा एकल महिला, जेष्ठ नागरिक, समाजसेवी गरि ५ जना महिला हरुलाई सम्मान समेत गरेका छन। साे संस्थाले हेम कुमारी बराल, उर्मिला शाह, मुना कार्की, नृजा बेगम र बिमला शाहलाई सम्मान गरेको हो ।

कार्यक्रममा संयुक्त नगर महिला संजाल कि अध्यक्ष राधा देवि मंन्डलकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...