News Portal

  • सृजनशिल युवा समाज नेपाल कुबेतको तेस्रो कार्यकालको अध्यक्षमा पुन: पुष्कर धामी निर्बिरोध

    हिमालीसंचार संवाददाता
    ३१६ पटक

    कुवेत सिटी। सृजनशिल युवा समाज नेपाल कुबेतको तेस्रो कार्यकालको अध्यक्षमा पुन: पुष्कर धामी निर्बिरोध रुपमा चयन भएका छन।

    “स्वदेशदेखि प्रबाससम्म गरौ एकता, समाजिक कार्यमा सामुहिक प्रतिबद्धता” भन्ने मुल नाराका साथ २०१६ स्थापना भएको सृजनशिल युवा समाज नेपाल कुवेतको तेस्रो अधिवेशन नेपाली राजदुतावास कुवेतका राजदुत महामहिम दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा हिजो १० डिसेम्बर २०२१ शुक्रबारका दिन कुबेतको मंगाफस्थित मेमोरियल हलमा पुष्करसिह धामिको अध्यक्षतामा २० सदस्य सर्बसम्मत नयाँ कार्य समिति गठन गरिएको छ।

    जस्मा उपाध्यक्षहरुमा क्रमशः तारा बहादुर मगर, कमल पान्डे, किस्वर मग्राति, महासचिवमा प्रदिप खालिङ राई, सचिबमा बबाल ठकुरी, सह सचिव पदम कुमार माबो, कोषाध्यक्षमा मोहन कुमार लिम्बू, सह-कोषाध्यक्षमा बिर बहादुर लिम्बू र प्रवक्तामा अंकित मिजार रहेका छन।

    सदस्यहरुमा डि.बि. रावत, बुद्ध कुमार लिम्बू, रमेश मगर, नवराज रावत ,मनोज दर्जि गुन्जा सोति मगर, हर्क रोका क्षेत्री, रोशन सुनार, मिबहादुर थापा, प्रेम मगर, प्रेमबहादुर मुक्तान र अम्मर सिंह थापा रहेका छन्।

    यसैगरी, सल्लाहकार समिति पनि गठन गरिएको छ सल्लाहकार युबराज बस्याल, पुष्करसिह खडका संरक्षकमा बिजय तामाङले जिम्मेवारी पाएका छन।

    उक्त समाजका अध्यक्ष पुष्कर धामिको सभापतित्वमा भएको अधिवेशन कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुताबास कुवेतका राजदुत महामहिम दुर्गाा प्रसाद भण्डारी हुनुहुन्थ्यो भने, बिशिष्ट अतिथिमा एनआरएनए कुवेतका अध्यक्ष रण्धोज लामा, एनसीसी सदस्य माधव पौडेल, पत्रकार महासंघ कुवेत शाखाका उपाध्यक्ष एकराज मल्ल, जनजाति महासंघ कुवेतका महासचिव मन्जित राई थिए।

    उक्त कार्यक्रम संचालन अम्मर खड्काले थिए भने उक्त अधिबेशन कार्यक्रममा कुवेतमा क्रियाशील नेपाली सँघ-संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिबी, व्यवसायी, पत्रकारको उपस्थिति रहेको थियो।

    शुभकामना मन्तब्यमा महामहिम राजदुत दुर्गाप्रसाद भण्डारी, एनआरएनए कुवेतका अध्यक्ष रण्धोज लामा, आइसिसि सदस्य माधव पौडेल, जनजाति महासंघ महासचिव मन्जित राई, पत्रकार महासंघ कुवेत शाखा उपाध्यक्ष एकराज मल्ल, दर्शन ठकुरी समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमाल, मोरङ सुनसरी समाजका अध्यक्ष ज्ञानु खड्का, सुदूरपश्चिमेली समाज कुवेतकी निवर्तमान अध्यक्ष निरुमाया खड्कालगायतले कर्मभुमि र जन्मभुमिमा सृजनशिल युवा समाजले गरेका समाजिक कार्यहरुलाइ निकै सार्हानिय कार्य गरेको भनेर तारिफ गर्नुको साथै आउने दिनहरुमा पनि सृजनशिल युवा समाजलाई आफ्नु तर्फबाट र आफुले नेत्रत्व गरेको संस्थाबाट सहकार्य गर्ने प्रतिबद्धता गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...

    ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

    काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई...

    प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले...

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    काठमाडौं – हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। काठमाडौं...

    नक्खु जेलबाट रवि लामिछाने रिहा हुने तयारी, राजधानीमा तनाव

    काठमाडौं, भदौ २४ — राजधानीमा राजनीतिक तनाव उच्च स्तरमा पुगेको छ। स्रोतका अनुसार, नक्खु जेलबाट...