News Portal

  • ७७ करोडको खसीबोका भित्रिए, दशैंलाई ४० हजार खसीबोका माग

    हिमाली संचार संवाददाता
    ५८४ पटक

    काठमाडौं–चालू आर्थिक वर्ष २०७५/०७६ को साउन र भदौ महिनामा १ अर्ब ७ करोड ८४ लाख ७५ हजार रुपैयाँ बराबरको जिवित पशु आयात गरिएको छ।

    भन्सार विभागका अनुसार खसीबोका, च्यांग्रा लगायतका अन्य पशुहरुको यो अवधिमा आयात गरिएको हो ।

    यस्ता पशुको आयातमा केही राजश्व संकलन गर्नुबाहेक व्यापार घाटा शतप्रतिशत रहेको भन्सार विभागले जनाएको छ । पशु आयातबाट विभागले यो अवधिमा ४ करोड १३ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

    दशैँ, तिहार जस्ता चाडमा खसीबोका बढी भित्रिने भएकाले यस्तो आयात अझै बढ्न सक्ने आँकलन गरिएको छ । जसले गदौ असोज महिनामा यो शीर्षकको व्यापार घाटा थप बढ्ने भन्सार विभागले जनाएको छ ।

    चौपाया खरिदबिक्रि सेवा संघले यो दशैंमा काठमाडौंलाई ४० हजार खसीबोका आवश्यक पर्ने जनाएको छ । संघका अध्यक्ष भानुभक्त पराजुलीका अनुसार यी माग अनुसारका खसी बोकाको ७० प्रतिशत आयात भारतको उत्तर प्रदेशबाट हुन्छ । यस्तै  केही च्यांग्राहरु छिमेकी देश चीन र नेपालको मुस्ताङले धान्छ ।

    तथ्यांकअनुसार दुई महिनामा खसीबोका मात्र  ७७ करोड ५० लाख १५ हजार रुपैयाँ बराबरको १ लाख १ सय ८५ वटा भित्रिएको छ ।

    यस्तै दुई महिनामा तयारी अवस्थाका माछामासु ७ करोड २ लाख ७७ हजार रुपैयाँ बराबरको भित्रिएको छ ।

    जसमा मासु र मासुजन्य पदार्थ ३ करोड ५१ लाख ३९ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

    यस्तै माछा पनि ३ करोड ५१ लाख ३९ हजार बराबरको आयात गरिएको छ ।

    यद्यपी, मासुको आयात भन्दा निर्यात बढी रहेको देखिन्छ । यसको निर्यात भने ४ करोड ४२ लाख १२ हजार रुपैयाँ बराबरको भएको तथ्यांकमा उल्लेख छ।

    यता, माछाको निर्यात भने २८ हजार रुपैयाँ बराबरको मात्र भएको छ । मासु र मासुजन्य पदार्थमा भने देशको वैदेशिक व्यापार ९० लाख ७३ हजार रुपैयाँ नाफामा छ ।

    माछाको व्यापार घाटा भने २७ करोड ५५ लाख ४३ हजार रुपैयाँको रहेको छ ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...