News Portal

  • स्विट्जरल्याण्ड सरकारले सुसाईड मेसिनलाई मानूनी मान्यता दियो

    कुनै पीडाबिना १ मिनेटमा मान्छे मारिदिने ‘मृत्युको मेसिन’ले कानूनी स्वीकृति पाएको हो

    हिमालीसंचार संवाददाता
    २१९ पटक

    एजेन्सी – स्विट्जरल्याण्ड सरकारले सुसाइड मेसिनको प्रयोगलाई कानूनी मान्यता दिएको छ । यो मेसिन बनाउने कम्पनीको दावीअनुसार मेसिनले कुनै पनि व्यक्तिलाई १ मिनेटभित्र कुनै पीडाबिना मृत्यु दिन सक्छ। यो मेसिन कफिनको आकारको रहेको छ । यो मेसिनको माध्यमबाट अक्सिजन लेभल अत्याधिक कम गरिन्छ जसका कारण एक मिनेटभित्र मानिसको मृत्यु हुन्छ ।

    एक्जिट इन्टरनेशनल नामको संस्थाका निर्देशक डा. फिलिप निट्स्केले यो मेसिन बनाएका हुन् । उनलाई डा. डेथ पनि भनिन्छ । स्विट्जरल्याण्डमा इच्छा मृत्युले कानूनी मान्यता पाइसकेको छ । एक्जिट इन्टरनेशनलको दावी अनुसार गत वर्ष स्विट्जरल्याण्डमा १३०० जनाले अरुको सहयोगमा आत्महत्या गरेका थिए ।

    यो मेसिन यस्ता मानिसहरुको लागि बनाइएको बताइन्छ जो बिरामी भएर हिँडडुल गर्न पनि सक्दैनन् । ब्रिटिस वेबसाइट इन्डिपेन्डेन्टको रिपोर्टअनुसार यो मेसिनलाई भित्रबाट पनि अपरेट गर्न सकिन्छ । बिरामी व्यक्तिले मेसिनभित्रबाट आँखा झिम्क्याएर पनि यो मेसिन चलाउन सक्छ । यो मेसिनमा बायोडिग्रेडेबल क्याप्सुल जडान गरिएको छ जसलाई कफिनजस्तै प्रयोग गर्न सकिन्छ ।

    यो मेसिनलाई सार्को नाम पनी दिइएको छ । अहिले यसको प्रोटोटाइप पेश गरिएको छ । डा. निट्स्केले भने ‘यति सबै ठिक रह्यो भने अर्को वर्षसम्म यो मेसिन उपलब्ध हुनेछ । यो अहिलेसम्मको सबैभन्दा महंगो प्रोजेक्ट हो । तर, हामी यसको धेरै नजिक छौं ।’

    यद्यपि यस्तो मेसिन बनाएकोमा डा. निट्स्केको आलोचना पनि भइरहेको छ । केही मानिसहरुले मेसिन प्रयोग गर्ने तरिकामाथि प्रश्न उठाएका छन् । उनीहरुले यसलाई खतरनाक ग्यास च्याम्बर भनेका छन् । केही मानिसहरुले यो मेसिनले मानिसहरुलाई आत्महत्याको लागि उक्साउने दावी पनि गरेका छन् । अहिलेलाई २ वटा मेसिन प्रोटोटाइप तयार छन् । तेस्रो मेसिनको निर्माण भइरहेको छ । अर्को वर्षसम्म यो तयार हुने बताईएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डको दाबी -नेपाली कम्युनिस्ट पार्टीलाई देशकै नम्बर १ बन्न कसैले रोक्न सक्दैन

    काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी...

    प्रधानमन्त्रीको भनाइप्रति प्रचण्डको असन्तुष्टि

    काठमाडौं, कात्तिक १९ – प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष तीन नेतासँग भेट्न नचाहेको अभिव्यक्ति प्रति नेपाली कम्युनिस्ट...

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...

    एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो...