News Portal

मगर सँघ कुवेतले माघे सकराती १४ जनवरीमा मनाउने

हिमालीसंचार संवाददाता
५६२ पटक

 कुवेत – कुवेतवासी नेपालीहरुबीच सकृय रुपमा कृयाशिल रहेको जातिय संस्था नेपाल मगर सँघ शाखा कुवेतले मगर समुदायको राष्ट्रिय तथा साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती यहि आगामी १४ जनवरी २०२२ शुक्रबारका दिन मनाउने भएको छ।

३ डिसेम्बर २०२१ मा सँघका अध्यक्ष मनु भुजेल मगरको अध्यक्षतामा बसेको ११७औं नियमित बैठकले छलफलका साथ कुवेतको वर्तमान अवस्थामा पनि मध्यनजर गर्दै उक्त निर्णय गरेको हो।

कुवेतको ओफरा भन्ने स्थानमा आयोजना गरिने माघे सकराती कार्यक्रम कुवेतमा कृयाशिल रहेका सम्पूर्ण नेपाली सँघ-संस्थाका प्रतिनिधिहरुलाई अतिथिको रुपमा निमन्त्रणा गरि मनाउईने भएको छ।

स्थापना कालदेखी नै मगर सँघ कुवेतले माघे सकराती तथा मगर दिवस जस्ता पर्वहरु सामुहिक रुपमा कुवेतवासी नेपालीहरुबीच मनाउँदै आएको छ। कार्यक्रममा स्थिती हेरेर मगर संस्कृतिमा आधारित नाचगानहरु प्रस्तुत गरिने छन भने सम्पूर्ण उपस्थित पाहुनागणलाई बिभिन्न मगर परिकारहरुको जलपान तथा भोजन गराईने छ।

मगर जातिय भाषा, संस्कृति, भेषभूषा एवं मौलिकतालाई जगेर्णा गर्दै सँघको केन्द्रिय बिधानमा आस्थावान रहि कुवेतमा स्थापित अन्य नेपाली सँघ-संस्थाहरुसँग पनि सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्यका साथ मगर सँघ कुवेत १५ जून २०१२ मा तत्कालिन केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको बिशेष उपस्थितिमा स्थापना भएको थियो।

कार्यक्रम हुने:
मिति: १४ जनवरी २०२२, शुक्रबार
समय: बिहान ११ बजे
स्थान: ओफरा कुवेत।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...