News Portal

चौरजहारी नगरपालिका रुकुमको जेष्ठ नागरिकलाई सम्मान

हिमाली संचार संवाददाता
११६८ पटक

ज्ञानु गौतम/रुकुम – जेष्ठ नागरिक मानव अधिकार अभियान्ताहरुको अभिनन्दन गरौं भन्ने मुल नाराका साथ चौरजहारी नगरपालिकाको आयोजनामा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

वडा नं १ देखि ५  र ८ वडाको लागि नगरपालिकाको सभाहल र अन्य ६, ७, ९, १०, ११, १२, १३ र १४ वडाको लागि सम्वन्धित वडामा ७० बर्षका माथिका ८१३ जना जेष्ठ नागरिकलाई आ.व २०७५/२०७६ को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता पनि बितरण गरीएको हो ।

चौरजहारी नगरपालिकाका नगरप्रमुख बिशाल शर्माको सभापतित्वमा भएको कार्यक्रममा नगरउपप्रमुख राधा रोकाको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख शर्मा र उपप्रमुख रोकाले ९० बर्षिय कमला खत्रि र ८९ बर्षिय ससे बटालालार्ई भत्तादिएर  सम्मान कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।

कार्यक्रमा बोल्दै नगरप्रमुख बिशाल शर्माले जेष्ठ नागरिकहरु अनुभवका खानी रहेको उल्लेख गर्दै उहाँहरुबाट धेरै कुरा सिक्नुपर्ने बताउनु भयो ।

उहाँले सरकारले बृद्धबृद्धाको लागि भनेर दिएको सहयोग अपुग भएको बताउनु भयो । बृद्धबृद्धालाई सम्मान गर्न सके कुनै पनि डर, त्रास, रोग, शोक तथा चिन्ता नलाग्ने बताएका छन ।

कार्यक्रमा जेष्ठ नागरिकहरुले  खुसी ब्यक्त गर्दै आफ्ना लागि छोरा छोरी नै स्थानिय सरकार भएको बताएका थिए  कार्यक्रमा आफ्ना कुरा राख्दै जेष्ठनागरीक पर्शुराम पोखरेलले सबै जेष्ठ नागरिकहरुलाई एकै ठाउमा बोलाएर सुखदुखका कुरागर्ने ठाउँ बनाएको भन्दै सरकारले धेरै राम्रो काम गरेको र यस्तै कार्यक्रम हरु आगामी दिनहरुमा पनि गर्न सुझाब दिनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत तारा बहादुर कुवरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा लेखा अधिकृत प्रदिप सुनार, वडा नं ४ का वडाअध्यक्ष गोपाल भण्डारी, नेकपाका नेता कर्ण बहादुर घर्ति,नगर स्वास्थ्य शाखा प्रमुख अकबिर घर्ति,दलित मुक्तिमोर्चा कर्णाली प्रदेश संयोजक पुष्प बादि, नगर सल्लाहकार टेक बहादुर गिरी लगाएको आथित्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...