News Portal

मोरङमा नाच हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार

हिमाली संचार संवाददाता
७५९ पटक

मोरङ – १४ बर्षकी किशोरी बलात्कार गरेको आरोप लागेका दुईजनालाई गाउँलेले समातेर प्रहरीमा बुझाएका छन्। बलात्कारका अर्का एक आरोपी भने फरार रहेका छन् ।

घटना असोज १ गतेको हो । बुढीगंगा गाउँपालिका-४ गोकुवामा विश्वकर्मा पूजाको अवसरमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रम हेर्न गएकी १४ बर्षकी बालिकामाथि ३ युवकले सामूहिक बलात्कार गरेका प्रहरीको भनाइ छ ।

कार्यक्रम चलिरहेकै बेला शंकास्पद अवस्थामा स्थानीयले देखेपछि दुई युवक र ती युवतीलाई नियन्त्रणमा लिएर प्रहरी चौकी निमुवामा बुझाएका थिए । दुईजना पक्राउ पर्दा जितेन्द्र भने भागेका थिए । भागेका जितेन्द्रलाई प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन ।

गाउँलेले नै पक्राउ गरी बुझाएपछि जिल्ला प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गरिएको थियो । खाँ नै मुख्य योजनाकार भएको बताइएको छ । खाँसँग चिनजान भएकी युवती नाच हेर्न गएकी थिइन् । तर राति घर पुर्‍याइदिने बाहनामा बलात्कृत भएकी थिइन् ।

प्रहरीले दुईजनालाई जबरजस्तीकरण मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ । प्रहरीले किशोरीको उमेर १४ वर्षमात्र रहेकाले बालिका करणीको अभियोगमा अनुसन्धान अघि बढाएको छ ।

मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार पक्राउ परेकाहरु माथि अनुसन्धान भइरहेको बताए । फरार रहेकाको पनि खोजी भइरहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...