News Portal

मोरङमा नाच हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार

हिमाली संचार संवाददाता
७६४ पटक

मोरङ – १४ बर्षकी किशोरी बलात्कार गरेको आरोप लागेका दुईजनालाई गाउँलेले समातेर प्रहरीमा बुझाएका छन्। बलात्कारका अर्का एक आरोपी भने फरार रहेका छन् ।

घटना असोज १ गतेको हो । बुढीगंगा गाउँपालिका-४ गोकुवामा विश्वकर्मा पूजाको अवसरमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रम हेर्न गएकी १४ बर्षकी बालिकामाथि ३ युवकले सामूहिक बलात्कार गरेका प्रहरीको भनाइ छ ।

कार्यक्रम चलिरहेकै बेला शंकास्पद अवस्थामा स्थानीयले देखेपछि दुई युवक र ती युवतीलाई नियन्त्रणमा लिएर प्रहरी चौकी निमुवामा बुझाएका थिए । दुईजना पक्राउ पर्दा जितेन्द्र भने भागेका थिए । भागेका जितेन्द्रलाई प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन ।

गाउँलेले नै पक्राउ गरी बुझाएपछि जिल्ला प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गरिएको थियो । खाँ नै मुख्य योजनाकार भएको बताइएको छ । खाँसँग चिनजान भएकी युवती नाच हेर्न गएकी थिइन् । तर राति घर पुर्‍याइदिने बाहनामा बलात्कृत भएकी थिइन् ।

प्रहरीले दुईजनालाई जबरजस्तीकरण मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ । प्रहरीले किशोरीको उमेर १४ वर्षमात्र रहेकाले बालिका करणीको अभियोगमा अनुसन्धान अघि बढाएको छ ।

मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार पक्राउ परेकाहरु माथि अनुसन्धान भइरहेको बताए । फरार रहेकाको पनि खोजी भइरहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...