News Portal

नियुक्त भएको केही घण्टामै स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री अन्डेर्सनले दिइन् राजीनामा

हिमालीसंचार संवाददाता
२७२ पटक

स्वीडेनकी पहिलो प्रधानमन्त्री माग्डालेना अन्डेर्सनले प्रधानमन्त्रीमा नियुक्त भएको केही घण्टामै राजीनामा दिएकी छन्। उनलाई बुधबार बहुमत संसदले प्रधानमन्त्रीमा समर्थन गरेपछि उनी प्रधानमन्त्री घोषित भएकी थिइन्।

निवर्तमान अर्थमन्त्रीसमेत रहेकी अन्डेर्सनलाई प्रधानमन्त्रीमा विपक्षीले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिएकी बीबीसीले जनाएको छ। उनको राजीनामासँगै बजेटसमेत पारित हुन नसकेको समाचारमा जनाइएको छ।

उनको गठबन्धन साझेदार रहेको ग्रीन्स पार्टीले आफूले ‘उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएको’ बजेट स्वीकार गर्न नसकेको जनाएको छ।

अन्डेर्सनले आफूले अब एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्री हुन कोशिश गर्ने बताइन्। ‘कुनै एक पार्टीले छोडेपछि गठबन्धन सरकारले राजीनामा दिनुपर्ने संवैधानिक अभ्यास रहेको छ’, उनले भनिन्, ‘वैधानिकतामाथि प्रश्न उठ्ने सरकारको नेतृत्व गर्न चाहन्नँ।’

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...