News Portal

  • प्रहरीमा भर्ना खुल्यो, ७ हजार २ सय ५६ जनालाई अवसर

    हिमाली संचार संवाददाता
    १२२२ पटक

    काठमाडौं – नेपाल प्रहरीले ७ हजार २ सय ५६ रिक्त दरबन्दीमा भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगी लगायतका पदहरुमा सोमबार भर्ना आह्वान गरेको हो ।

    जनपथतर्फ प्रहरी निरीक्षकमा १०८ जना र प्रहरी सहायक निरीक्षकतर्फ ५ सय २४ जना माग गरिएको छ । सबैभन्दा बढी प्रहरी जवानको माग गरिएको छ । मानव स्रोत विकास विभागका अनुसार यो पदमा ६ हजार २ सय ४४ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

    प्रहरी कार्यालय सहयोगी (खेलाडी) पदमा ३० जनाको माग भएको छ । खेलाडीतर्फ फुटबल, भलिबल, क्रिकेट, तेक्वान्दो, भारोत्तोलन, कँराते, जुडो, एथ्लेटिक्स, बक्सिङ, ब्याडमिन्टन र महिला कबड्डी विधामा मात्र दरखास्त दिन पाइनेछ ।

    दरखास्त फारम असोज १८ देखि कात्तिक २९ गतेसम्म बुझाउन सकिनेछ । प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरी तथा सात वटै प्रदेश प्रहरी कार्यालयमा फाराम बुझाउने व्यवस्था मिलाइएको छ ।

    जवान पदको दरखास्त काठमाडौं, ललितपुर, भक्तपुरसहित सबै जिल्ला प्रहरी कार्यालयहरु तथा प्रदेश प्रहरी कार्यालयमा बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदको लागि:
    https://nepalpolice.gov.np/images/documents/INSP_ASI_Bigyapan_-2075-06-15.pdf

    प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीको लागि:
    https://nepalpolice.gov.np/images/documents/2-PC-PKS-Bigyapan-2075-06-15-1.pdf

    पाठ्यक्रमको लागि:
    https://nepalpolice.gov.np/index.php/2016-02-04-06-26-02

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देउवा निवास प्रकरणमा निष्पक्ष छानबिनको माग : महामन्त्री शर्मा

    विराटनगर, असोज ६ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको...

    झलनाथ खनालकी श्रीमती भारतको एपोलो अस्पतालमा भर्ना हुने

    काठमाडौँ, असोज ६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई...

    असोज अन्तिम सातापछि मात्रै मेलम्चीको पानी काठमाडौंमा

    काठमाडौं, असोज ६ – उपत्यकावासीलाई मेलम्चीको पानी पिउन असोजको अन्तिम सातासम्म पर्खिनुपर्ने भएको छ। मेलम्ची...

    चार नयाँ मन्त्रीले लिए शपथ, स्वास्थ्य मन्त्रीको शपथ स्थगित

    काठमाडौं, असोज ६  – राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा चार नयाँ मन्त्रीलाई शपथ गराएका छन्।...

    नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्दै

    काठमाडौँ, असोज ६ – च्यासलस्थित पार्टी कार्यालय भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी र...