News Portal

प्रदेश २ मा थपिएका राज्यमन्त्रीको सपथ भोलि

संचारकेन्द्र संवाददाता
७१९ पटक

जनकपुरधाम । प्रदेश २ मा मन्त्रिपरिषद विस्तार बुधबार हुने भएको छ । प्रदेश सरकारमा सहभागी हुने तीन राज्यमन्त्रीले बुधबार सपथ लिने कार्यक्रम तय भएको छ । राष्ट्रिय जनता पार्टी नेपालले राज्यमन्त्रीका लागि नाम पठाएको ३ जनालाई मुख्यमन्त्री लालबाबु राउतले सपथ गराउने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

प्रदेश सरकार बनेको भएको ५ महिनापछि मन्त्रिपरिषद विस्तार हुन लागेको हो । राज्यमन्त्री सिफारिस हुनेमा सहमहामन्त्री सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मा छन् ।  तिनै जनाको नाम हिजै टुंगो  लागेको हो ।
मण्डललाई उद्योग तथा पर्यटन, झालाई भौतिक पूर्वाधार र शर्मालाई सामाजिक विकास राज्यमन्त्री सिफारिस गरिएको राजपाले जनाएको छ । राजपामा विवादको कारण सरकारमा सहभागी हुने राज्यमन्त्रीहरुको नाम ढिलो गरि टुंगो लागेको हो ।

राज्यमन्त्रीमा सहभागी हुने डिम्पल झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी हुन् भने शर्मा असई थमन विकको हत्या प्रकरणका फरार अभियुक्त हुन् । शर्मा राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरका विश्वास पात्र हुन्

२०७२ भदौ २५ गते बिहान महोत्तरी सदरमुकाम जलेश्वरमा आन्दोलनकारीको कुटपिटबाट  घाइते भएका विकलाई दिउँसो उपचारको क्रममा जनकपुर ल्याउने क्रममा बाटोमा एम्बुलेन्सबाट थुतेर धान खेतमा कुटपिट गर्दा मृत्यु भएको थियो ।

विक हत्याको मुद्दामा सांसद शर्मालाई मुख्य अभियुक्त बनाइएको छ भने प्रहरीले शर्मासहित घटना संलग्न अन्य फरार रहेको बताउदै आएको छ । घटनामा जलेश्वरका मेयर रामशंकर मिश्र पनि अभियुक्त छन् ।

यता राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले राज्यमन्त्रीमा पार्टीबाट सिफारिस भएको शर्मालाई आन्दोलनको क्रममा राज्यले फसाउने गरि मुद्दा  लगाएको र पार्टीको लागि योगदान दिएको योग्य रहेको शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरिएको बताए ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...