News Portal

  • प्रदेश २ मा थपिएका राज्यमन्त्रीको सपथ भोलि

    संचारकेन्द्र संवाददाता
    ६२१ पटक

    जनकपुरधाम । प्रदेश २ मा मन्त्रिपरिषद विस्तार बुधबार हुने भएको छ । प्रदेश सरकारमा सहभागी हुने तीन राज्यमन्त्रीले बुधबार सपथ लिने कार्यक्रम तय भएको छ । राष्ट्रिय जनता पार्टी नेपालले राज्यमन्त्रीका लागि नाम पठाएको ३ जनालाई मुख्यमन्त्री लालबाबु राउतले सपथ गराउने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

    प्रदेश सरकार बनेको भएको ५ महिनापछि मन्त्रिपरिषद विस्तार हुन लागेको हो । राज्यमन्त्री सिफारिस हुनेमा सहमहामन्त्री सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मा छन् ।  तिनै जनाको नाम हिजै टुंगो  लागेको हो ।
    मण्डललाई उद्योग तथा पर्यटन, झालाई भौतिक पूर्वाधार र शर्मालाई सामाजिक विकास राज्यमन्त्री सिफारिस गरिएको राजपाले जनाएको छ । राजपामा विवादको कारण सरकारमा सहभागी हुने राज्यमन्त्रीहरुको नाम ढिलो गरि टुंगो लागेको हो ।

    राज्यमन्त्रीमा सहभागी हुने डिम्पल झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी हुन् भने शर्मा असई थमन विकको हत्या प्रकरणका फरार अभियुक्त हुन् । शर्मा राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरका विश्वास पात्र हुन्

    २०७२ भदौ २५ गते बिहान महोत्तरी सदरमुकाम जलेश्वरमा आन्दोलनकारीको कुटपिटबाट  घाइते भएका विकलाई दिउँसो उपचारको क्रममा जनकपुर ल्याउने क्रममा बाटोमा एम्बुलेन्सबाट थुतेर धान खेतमा कुटपिट गर्दा मृत्यु भएको थियो ।

    विक हत्याको मुद्दामा सांसद शर्मालाई मुख्य अभियुक्त बनाइएको छ भने प्रहरीले शर्मासहित घटना संलग्न अन्य फरार रहेको बताउदै आएको छ । घटनामा जलेश्वरका मेयर रामशंकर मिश्र पनि अभियुक्त छन् ।

    यता राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले राज्यमन्त्रीमा पार्टीबाट सिफारिस भएको शर्मालाई आन्दोलनको क्रममा राज्यले फसाउने गरि मुद्दा  लगाएको र पार्टीको लागि योगदान दिएको योग्य रहेको शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरिएको बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतकाे माहबुलामा भिसा उल्लङ्घन गर्ने २६३ जना पक्राउ

    कुवेत –  उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहद युसुफ साउद अल-सबाहको प्रत्यक्ष निगरानीमा र सार्वजनिक सुरक्षा...

    आज २०८२ साल कार्तिक ८ गतेको राशिफल

    आज कार्तिक ८, २०८२ (अक्टोबर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...