News Portal

  • डिसेम्बर ३१ मा तमू समाज कुवेतले तमू ल्होसार मनाउने

    हिमालीसंचार संवाददाता
    २०९ पटक

    कुबेत सिटी – कुवेतमा तमू (गुरुङ) हरुको साझा संस्था तमू समाज कुबेतले तमू (गुरुङ) हरुको राष्ट्रिय चाँड तमू ल्होछार/ल्होसार एक भब्य कार्यक्रमको आयोजना गरी हर्सोल्लासका साथ मनाउने भएको छ। संसारभरी छरिएका तमू (गुरुङ)हरुले तमू ल्होछार/ल्होसार (पौष १५)लाई राष्ट्रिय तथा सास्कृतिक चाडको रुपमा मनाउने गर्दछ। यसलाई बर्षभरीको मुख्य चाडको रुपमा मनाइन्छ।

    पौष १५ को रात सबै भन्दा लामो हुने र यस पछीको रातहरु क्रमश छोटिदै जाने भएकोले पनि तमू (गुरुङ) समुदायमा यस चाडको बिशेष महत्व छ । तमू (गुरुङ) हरुको पारम्परिक ल्हो कोर (बर्ग चक्र) अनुसार पौष १५ का दिन पुरानो ‘ल्हो’ को समय अवधी सकिने र नयाँ अर्को ‘ल्हो’ को पालो आउने भएकोले पुरानो ‘ल्हो’ लाई बिदाइ गरी नयाँ ‘ल्हो’ लाई भब्य स्वागत गर्ने गरिन्छ, यस बर्ष ‘ल्वो ल्हो’ (गाई बर्ग) को बिदाइ र ‘तो ल्हो’ (बाघ बर्ग) को स्वागत गरिन्छ।

    यसै अवसरमा तमू समाज, कुवेतले आगामी ३१ डिसेम्बर २०२१ शुक्रबार दिन कुबेतको हिजुल कबड एरियामा मान्यजनहरुबाट आशिर्वाद ग्रहण गर्ने, शुभकामना तथा खुशीयाली आदान प्रदान गर्ने, बिबिध सास्कृतिक नृत्यहरु, झाकीहरु प्रस्तुत गर्ने र परम्परागत खेलकुदहरु खेलेर मनोरन्जन गर्दै यस बर्षको ‘तो ल्होछार/ल्होसार’ मनाउने तयारी भएको छ। सो अनुसार ‘ल्होछार मुल समिती’ र बिभिन्न उप-समितीहरु निर्माण गरी सबैमा जिम्मेवारी सुम्पिएको छ। कुरा तमू समाज, कुवेतका महासचिब सुरेश गुरुङले जानकारी गराएको छ।

     

     

     

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ८ सेप्टेम्बरपछि भिसा सकिएका पर्यटकले विमानस्थलमै नवीकरण पाउने

    काठमाडौं, भदौ २६ – ८ सेप्टेम्बरपछि भिसा सकिएका विदेशी पर्यटकले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफ्नो...

    गगन थापाको जेनजीलाई सन्देश: संविधानको निरन्तरता कायम गर्न आग्रह

    काठमाडौं, भदौ २६ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा...

    देशभरका कारागारबाट भागेका मध्ये १ हजार ४५५ कैदी पक्राउ,१२ हजार ८५२ अझै फरार

    काठमाडौं, भदौ २६ – जेनजी आन्दोलन तीव्र बनेपछि देशभरका कारागारमा भएको तोडफोड र आगजनीका घटनापछि...

    प्रचण्डको प्रश्न : समान मुद्दा उठाउँदा पनि आगजनी किन ?

    काठमाडौं, भदौ २६ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलन र माओवादीको...

    आज २०८२ साल भदौ २६ गतेको राशिफल

    आज भदौ २६, २०८२ (सेप्टेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...