News Portal

पाकिस्तानमा महिला विधायकको अश्लील भिडिओ भाइरल, एक जना पक्राउ

हिमालीसंचार संवाददाता
३७० पटक

पाकिस्तान। पाकिस्तानमा राजनीतिक नेताहरू पनि साइबर अपराधीका सिकार भइरहेका छन्। यसै क्रममा पञ्जाब प्रान्तकी एक महिला नेताको अश्लील भिडिओ अहिले भाइरल भइरहेको छ। यी महिला नेताको नाम सानिया आशिक हो। उनी तक्षशिला विधानसभा क्षेत्रका विधायक हुन्।

सानियाले भिडिओबारे गत अक्टोबर २६ मा सरकार र केन्द्रीय अनुसन्धान एजेन्सीमा उजुरी दिएकी थिइन्। लामो अनुसन्धानपछि प्रहरीले भिडिओ सार्वजनिक गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। तर यस विषयमा एजेन्सीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

यस्तो छ घटना-
गत अक्टोबर २६ मा सानिया आशिकले संघीय अनुसन्धान एजेन्सी (एफआईए) मा उजुरी दिएकी थिइन्। पछि यसको प्रतिलिपि आफ्नो  सामाजिक सञ्जालमा पनि सार्वजनिक गरिन्। सानियाले सामाजिक सञ्जालमा केही दिनदेखि पोर्नोग्राफी भिडिओ भाइरल भइरहेको आरोप लगाएकी छन्।

त्यसमा देखिएकी महिला साेनियाजस्तै छिन् र उनी सानिया आशिक नै भएको दाबी सामाजिक सञ्जालमा गरिएको छ। विधायकले यसबारे इमरान खानको केन्द्र सरकारलाई पनि गुनासो गरेका छन्।

पीडक काे हुन् ?  
उजुरीपछि पञ्जाब प्रान्तको पुलिस र एफआईएले अनुसन्धान सुरु गरेका छन्। करिब तीन हप्तासम्मको अनुसन्धानपछि एफआईएले लाहोरबाट एक व्यक्तिलाई पक्राउ गरेको हो। अचम्मको कुरा, प्रहरीले उनको परिचय भने खुलाएको छैन।

भिडिओमा देखिएकी महिला सानिया आशिक हुन् वा अरू भन्ने कुरा पनि बताइएको छैन। पक्राउ परेको जानकारी मात्रै दिइएको छ। एजेन्सीले भन्यो– हामीले नयाँ एफआईआर दर्ता गरेका छौं। उक्त व्यक्तिबारे थप अनुसन्धान भइरहेको छ। सानिया आशिकलाई धम्की र उत्पीडन दिइएको मामिलामा पनि अनुसन्धान हुनेछ।

सानियाले के भनिन् ?
पाकिस्तान टुडे पत्रिकासँगको कुराकानीमा सानियाले भनेकी छन्, ‘केही व्यक्तिले मेरो भिडिओ सामाजिक सञ्जालमा भाइरल बनाइरहेका छन्। यसबाहेक मेरा केही तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। त्यसयता मलाई धम्कीपूर्ण फोन पनि आइरहेका छन्।’

को हुन् सानिया आशिक ?
सानिया आशिक पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) की सदस्य हुन्। उनी पञ्जाब प्रान्तको तक्षशिला विधानसभा निर्वाचन क्षेत्रकी प्रान्तीय सदस्य (एमपीए) हुन्। यसलाई तपाईं विधायक पनि भन्न सक्नुहुन्छ। पूर्वप्रधानमन्त्री नवाज शरिफकी छोरी मरियम नवाजको निकै नजिक मानिन्छिन्। इमरान सरकारलाई कैयौं मुद्दामा घेराबन्दी गर्छन्।
– एजेन्सी

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...