News Portal

पाकिस्तानमा महिला विधायकको अश्लील भिडिओ भाइरल, एक जना पक्राउ

हिमालीसंचार संवाददाता
३८० पटक

पाकिस्तान। पाकिस्तानमा राजनीतिक नेताहरू पनि साइबर अपराधीका सिकार भइरहेका छन्। यसै क्रममा पञ्जाब प्रान्तकी एक महिला नेताको अश्लील भिडिओ अहिले भाइरल भइरहेको छ। यी महिला नेताको नाम सानिया आशिक हो। उनी तक्षशिला विधानसभा क्षेत्रका विधायक हुन्।

सानियाले भिडिओबारे गत अक्टोबर २६ मा सरकार र केन्द्रीय अनुसन्धान एजेन्सीमा उजुरी दिएकी थिइन्। लामो अनुसन्धानपछि प्रहरीले भिडिओ सार्वजनिक गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। तर यस विषयमा एजेन्सीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

यस्तो छ घटना-
गत अक्टोबर २६ मा सानिया आशिकले संघीय अनुसन्धान एजेन्सी (एफआईए) मा उजुरी दिएकी थिइन्। पछि यसको प्रतिलिपि आफ्नो  सामाजिक सञ्जालमा पनि सार्वजनिक गरिन्। सानियाले सामाजिक सञ्जालमा केही दिनदेखि पोर्नोग्राफी भिडिओ भाइरल भइरहेको आरोप लगाएकी छन्।

त्यसमा देखिएकी महिला साेनियाजस्तै छिन् र उनी सानिया आशिक नै भएको दाबी सामाजिक सञ्जालमा गरिएको छ। विधायकले यसबारे इमरान खानको केन्द्र सरकारलाई पनि गुनासो गरेका छन्।

पीडक काे हुन् ?  
उजुरीपछि पञ्जाब प्रान्तको पुलिस र एफआईएले अनुसन्धान सुरु गरेका छन्। करिब तीन हप्तासम्मको अनुसन्धानपछि एफआईएले लाहोरबाट एक व्यक्तिलाई पक्राउ गरेको हो। अचम्मको कुरा, प्रहरीले उनको परिचय भने खुलाएको छैन।

भिडिओमा देखिएकी महिला सानिया आशिक हुन् वा अरू भन्ने कुरा पनि बताइएको छैन। पक्राउ परेको जानकारी मात्रै दिइएको छ। एजेन्सीले भन्यो– हामीले नयाँ एफआईआर दर्ता गरेका छौं। उक्त व्यक्तिबारे थप अनुसन्धान भइरहेको छ। सानिया आशिकलाई धम्की र उत्पीडन दिइएको मामिलामा पनि अनुसन्धान हुनेछ।

सानियाले के भनिन् ?
पाकिस्तान टुडे पत्रिकासँगको कुराकानीमा सानियाले भनेकी छन्, ‘केही व्यक्तिले मेरो भिडिओ सामाजिक सञ्जालमा भाइरल बनाइरहेका छन्। यसबाहेक मेरा केही तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। त्यसयता मलाई धम्कीपूर्ण फोन पनि आइरहेका छन्।’

को हुन् सानिया आशिक ?
सानिया आशिक पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) की सदस्य हुन्। उनी पञ्जाब प्रान्तको तक्षशिला विधानसभा निर्वाचन क्षेत्रकी प्रान्तीय सदस्य (एमपीए) हुन्। यसलाई तपाईं विधायक पनि भन्न सक्नुहुन्छ। पूर्वप्रधानमन्त्री नवाज शरिफकी छोरी मरियम नवाजको निकै नजिक मानिन्छिन्। इमरान सरकारलाई कैयौं मुद्दामा घेराबन्दी गर्छन्।
– एजेन्सी

प्रतिकृया दिनुहोस्

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...