News Portal

चेलीबेटी समाज नेपाल रंगेलीले मनायो जितिया पर्व

हिमाली संचार संवाददाता
९२० पटक

रबिन्द्र बराल – चेलीबेटी समाज नेपाल रंगेलीले नगरपालिका भित्र छरिएर रहेका मधेसी समुदायका महिलाहरुलाई लक्षित गर्दै जितिया पर्व मनाएका छन ।

रंगेली नगरपालिकाकाे सभाहलामा साेमबार एक कार्यक्रमकाे अायाेजना गरि उनिहरुले जितिया पर्व मनाएका हुन । उनिहरुले फरक शाैलिमा कार्यक्रमकाे उद्घाटन गरेका थिए।

हरेक कार्यक्रममा सबै जसाे मानिसहरुले पानसमा वत्ति बालेर, कसैले दियो बालेर , कसैले मैन बत्ती बालेर कार्यक्रमकाे उद्घाटन गर्ने चलन रहेता पनि साे संस्थाले भने तालि बजाएर उद्घाटन गरेका थिए । भने प्रमुख अतिथिहरुलाई व्याज लगाएर सम्मान गर्ने गरेता पनि उनीहरुले सबै अतिथिहरुलाई अबिरकाे टीका लगाएर सम्मान समेत गरेका थिए।

अनादिकाल देखि नै याे पर्व मनाउने गरेका हुन । महिला हरुले उक्त व्रत श्रीमान, छाेरा, छाेरीहरुकाे मात्रै नभए र देश र जनताकाे लागि समेत महिला हरुले व्रत लिने गरेको बताए । महिलाहरुले नयाँ दुलहिहरुले बिवाहा गरेको पहिलो साल अाफ्नाे माईति घरमा गएर उनिहरुले जितिया पर्व मनाउने प्रचलन रहेको समेत गर्दछन ।

साे कार्यक्रमकाे प्रमुख अतिथि रंगेली नगरपालिका उप मेयर केशव कुमारी खराल, अपरडेककि अध्यक्ष सन्जु साह , निरा भगत, मिरा दास, ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्की , यशाेदा काेईराला, लक्ष्मी श्रेष्ठ , स्थानीय राधा कुमारी मंन्डल, उर्मिला देवि मंन्डल, लगायतकाे उपस्थित समेत रहेकाे थियोे ।

कार्यक्रममा सन्जु साहले भनिन नेपाल सरकारले मधेसी महिलाहरुलाई जितिया पर्वकाे दिन सार्वजनिक बिदा नदिएकाे र अपहेलना गरेको अाराेप समेत लागउनु भयो । साेहि कार्यक्रममा चेलीबेटी समाज नेपालले एकल महिला चित्र लेखा चाैलागाई र दलित मंङ्गल देवि मल्लिकलाई नगद दिएर सम्मान समेत गरेका छन ।

कार्यक्रममा चेलीबेटी समाज नेपलकि अध्यक्ष उषा झाकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...