News Portal

चेलीबेटी समाज नेपाल रंगेलीले मनायो जितिया पर्व

हिमाली संचार संवाददाता
९४३ पटक

रबिन्द्र बराल – चेलीबेटी समाज नेपाल रंगेलीले नगरपालिका भित्र छरिएर रहेका मधेसी समुदायका महिलाहरुलाई लक्षित गर्दै जितिया पर्व मनाएका छन ।

रंगेली नगरपालिकाकाे सभाहलामा साेमबार एक कार्यक्रमकाे अायाेजना गरि उनिहरुले जितिया पर्व मनाएका हुन । उनिहरुले फरक शाैलिमा कार्यक्रमकाे उद्घाटन गरेका थिए।

हरेक कार्यक्रममा सबै जसाे मानिसहरुले पानसमा वत्ति बालेर, कसैले दियो बालेर , कसैले मैन बत्ती बालेर कार्यक्रमकाे उद्घाटन गर्ने चलन रहेता पनि साे संस्थाले भने तालि बजाएर उद्घाटन गरेका थिए । भने प्रमुख अतिथिहरुलाई व्याज लगाएर सम्मान गर्ने गरेता पनि उनीहरुले सबै अतिथिहरुलाई अबिरकाे टीका लगाएर सम्मान समेत गरेका थिए।

अनादिकाल देखि नै याे पर्व मनाउने गरेका हुन । महिला हरुले उक्त व्रत श्रीमान, छाेरा, छाेरीहरुकाे मात्रै नभए र देश र जनताकाे लागि समेत महिला हरुले व्रत लिने गरेको बताए । महिलाहरुले नयाँ दुलहिहरुले बिवाहा गरेको पहिलो साल अाफ्नाे माईति घरमा गएर उनिहरुले जितिया पर्व मनाउने प्रचलन रहेको समेत गर्दछन ।

साे कार्यक्रमकाे प्रमुख अतिथि रंगेली नगरपालिका उप मेयर केशव कुमारी खराल, अपरडेककि अध्यक्ष सन्जु साह , निरा भगत, मिरा दास, ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्की , यशाेदा काेईराला, लक्ष्मी श्रेष्ठ , स्थानीय राधा कुमारी मंन्डल, उर्मिला देवि मंन्डल, लगायतकाे उपस्थित समेत रहेकाे थियोे ।

कार्यक्रममा सन्जु साहले भनिन नेपाल सरकारले मधेसी महिलाहरुलाई जितिया पर्वकाे दिन सार्वजनिक बिदा नदिएकाे र अपहेलना गरेको अाराेप समेत लागउनु भयो । साेहि कार्यक्रममा चेलीबेटी समाज नेपालले एकल महिला चित्र लेखा चाैलागाई र दलित मंङ्गल देवि मल्लिकलाई नगद दिएर सम्मान समेत गरेका छन ।

कार्यक्रममा चेलीबेटी समाज नेपलकि अध्यक्ष उषा झाकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...