News Portal

कुवेतका प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा स्वीकृत

हिमालीसंचार संवाददाता
३८८ पटक

कुवेत सिटी।
कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहले आइतबार त्यहाँको सरकारको राजीनामा स्वीकृत गरेको कुवेत समाचार एजेन्सी (कुना)ले जनाएको छ। अमिरले नयाँ मन्त्रिपरिषद् गठन नभएसम्म कामचलाउको रूपमा काम गर्न सोही सरकारलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा स्वीकृत भएको छ र कुवेतको नयाँ सरकार गठन नभएसम्म प्रत्येक मन्त्रीले आफ्नो पदमा कायम रहनेछन्। ‘प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा स्वीकृत भएको छ र कुवेतमा नयाँ सरकार गठन नभएसम्म सबै मन्त्री आफ्नो पदमा रहनेछन्,’ कुनाले जनाएको छ। नोभेम्बर ८ मा कुवेत सरकारले अमिरलाई राजीनामा बुझाएको थियो।

राजीनामा संसदीय अधिवेशनको पूर्वसन्ध्यामा आएको थियो जसको एजेन्डामा प्रधानमन्त्री र उनको सरकारका धेरै सदस्यहरू विरुद्धका विभिन्न मुद्दाहरू उठाइएका थिए। जनवरी २४ मा, अमिरले शेख सबाह खालेद अल-हमद अल-सबाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। पछिल्लो समय कुवेतमा बारम्बार मन्त्रिपरिषद् हेरफेर भइरहेको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...