News Portal

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको कार्यसमिति हेरफेर

हिमालीसंचार संवाददाता
३०४ पटक

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको कार्यसमितिमा हेरफेर भएको छ। मोना कुवेतको १२ नोभेम्बर २०२१ शुक्रवारको दिन कुवेत स्थित फिन्तास गार्डेनमा अध्यक्ष मान बहादुर फगामीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले कार्यसमितिमा हेरफेर गरेको हो। मोना कुवेतको २०२१~२०२३ कार्यकालको कार्यसमितिको सल्लाहकारमा निवर्तमान वरिष्ठ उपाध्यक्ष दिपक छन्त्याल , वरिष्ठ उपाध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष नन्द बहादुर बरुवाल (मोहन), उपाध्यक्ष पदमा निवर्तमान महासचिव चन्द्र गोतामे, महासचिव पदमा निवर्तमान सचिव तेजिन श्रेष्ठ र सचिव पदमा कार्यसमिति सदस्य अर्जुन चोखाललाई सर्वसम्मत चयन गरिएको अध्यक्ष मान बहादुर फगामीले बताउनु भएको छ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको मध्यपूर्व उपसंयोजक पदका लागि मोना कुवेतको वरिष्ठ उपाध्यक्ष पदबाट दिपक छन्त्यालले राजीनामा दिए पछि वरिष्ठ उपाध्यक्ष पद रिक्त रहेको थियो । सदरमुकाम बेनीमा सम्पन्न भएको मोना आईसीको चौथो अधिवेशनबाट मध्यपूर्व उपसंयोजकमा दिपक छन्त्याल निर्विरोध निर्वाचित भएका हुन।

कुवेतको नेपाली समाजमा सन् २०१८ मा ‘प्रवासी म्याग्देलीहरुको भावना समृद्ध म्याग्दी हाम्रो चाहना’ भन्ने मुल नाराका साथ स्थापना भएको मोना कुवेतले उल्लेखनीय मानवीय सेवाका कार्यहरु गर्दै आएको छ । कुवेतमा कार्यरत रही अलपत्र परेका म्याग्देली तथा गैर म्याग्देलीलाई उद्दार कार्यमा सहयोग गर्नुको साथै मोना आईसीको समन्वयमा जिल्लामा बाढीपीडितलाई पुनर्वास निर्माण, कोरोना सङ्क्रमण फैलिरहेको समयमा सङ्क्रमितका लागि उपचारमा सहज होस भन्ने हेतुले अक्सिजन कन्सन्ट्रेटर लगायत अन्य स्वास्थ्य सामग्री खरिद गर्नका लागि र जिल्लामा केही भौतिक पूर्वाधार निर्माण गर्नमा समेत आर्थिक सहयोग गर्दै आएको छ । त्यसैगरी विभिन्न रोगबाट ग्रसित भई उपचारमा चरम आर्थिक अभाव भएका पीडितलाई समेत आर्थिक सहयोग गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...