News Portal

जनस्वास्थ्य संघको अध्यक्षमा कांग्रेस निकटका श्रीकृष्ण भट्ट ७७ मतान्तरले विजयी

हिमाली संचार संवाददाता
७७४ पटक

काठमाडौं – नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा नेपाली कांग्रेस निकटका श्रीकृष्ण भट्ट विजयी भएका छन् । संघको शनिबार भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा श्रीकृष्ण भट्टले ६ सय ४ मत ल्याए विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी मोहनकृष्ण श्रेष्ठले ५ सय २७ मत ल्याएका छन् । संघमा नेपाली कांग्रेस निकटको पेशागत समूह र नेकपा निकट प्रगतिशील समूहबीच प्रतिस्पर्धा भएको हो ।

उपाध्यक्षमा कृष्णमान शाक्यले ५ सय ४६ मत प्राप्त गरेका थिए भने अर्का प्रत्यासी सुदर्शन पौडेलले ४ सय १५ मत मत प्राप्त गरे ।

महासचिवमा महेश्वर श्रेष्ठले ५ सय ५६ मत, सचिवमा दिपेन्द्र खड्काले ५ सय १३ मत, कोषाध्यक्षमा विनोद जोशीले ६ सय ५० मत र सह कोषाध्यक्षमा सञ्जय शाहले ५ सय ४६ मत प्राप्त गरि विजयी भएका छन् ।

स‌घको १५ पदका लागि भएको निर्वाचनमा पेशागत समूहले अध्यक्ष सहित उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष सहकोषाध्यक्ष र ६ जना सदस्य सहित बहुमत पद जितेको छ ।प्रगतिशील समूहले भने सचिव र अरु ३ जना सदस्यमा जित हासिल गरेको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...