News Portal

जनस्वास्थ्य संघको अध्यक्षमा कांग्रेस निकटका श्रीकृष्ण भट्ट ७७ मतान्तरले विजयी

हिमाली संचार संवाददाता
६९७ पटक

काठमाडौं – नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा नेपाली कांग्रेस निकटका श्रीकृष्ण भट्ट विजयी भएका छन् । संघको शनिबार भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा श्रीकृष्ण भट्टले ६ सय ४ मत ल्याए विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी मोहनकृष्ण श्रेष्ठले ५ सय २७ मत ल्याएका छन् । संघमा नेपाली कांग्रेस निकटको पेशागत समूह र नेकपा निकट प्रगतिशील समूहबीच प्रतिस्पर्धा भएको हो ।

उपाध्यक्षमा कृष्णमान शाक्यले ५ सय ४६ मत प्राप्त गरेका थिए भने अर्का प्रत्यासी सुदर्शन पौडेलले ४ सय १५ मत मत प्राप्त गरे ।

महासचिवमा महेश्वर श्रेष्ठले ५ सय ५६ मत, सचिवमा दिपेन्द्र खड्काले ५ सय १३ मत, कोषाध्यक्षमा विनोद जोशीले ६ सय ५० मत र सह कोषाध्यक्षमा सञ्जय शाहले ५ सय ४६ मत प्राप्त गरि विजयी भएका छन् ।

स‌घको १५ पदका लागि भएको निर्वाचनमा पेशागत समूहले अध्यक्ष सहित उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष सहकोषाध्यक्ष र ६ जना सदस्य सहित बहुमत पद जितेको छ ।प्रगतिशील समूहले भने सचिव र अरु ३ जना सदस्यमा जित हासिल गरेको छ ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...