News Portal

भोकमरीले “पृथ्वीको नर्क” बन्दै अफगानिस्तान

हिमालीसंचार संवाददाता
३४८ पटक

एजेन्सी। 
हिउँद मौसमले प्रवेश गरेसँगै अफगानिस्तानमा चरम भोकमरीको संकट देखा परेको छ। राजधानी काबुलभन्दा ५० माइलको दूरीमा रहेको मैदानमा सयौँ मानिसहरू भोक मेटाउनका लागि पाउने पिठो पाउने आशामा बसेका छन्। जहाँ विश्व खाद्य कार्यक्रमले पिठो बाँड्ने गर्छ।

भोग भगाउन उपस्थित भएका सयौँ मानिसहरुको भीडलाई शान्त बनाउन त्यहाँ तालिबान सैनिक खटिएका छन्। भोग मेटाउन आएका उनीहरु तालिबन सैनिकको क्रुरता देखेर अनुहार रिस देखिएको बीबीसीले जनाएको छ।

भीडमा भोक मेटाउनका लागि पिठो लिन आएका एक वृृद्ध भन्छन्, ‘हिउँद आइसक्यो। मैले रोटी बनाएर राख्न सकिनँ भने हिउँद कसरी कटाउने थाहा छैन।’

बीबीसीका अनुसार दुई करोड २० लाख मानिसलाई सहयोग गर्न विश्व खाद्य कार्यक्रमलाई अफगानिस्तानमा खाद्य आपूर्ति बढाउन दबाब दिइएको छ। तर, विज्ञहरुका अनुसार यो हिउँद अनुमान गरे जस्तो नराम्रो भयो भने चरकम भोकमरीको चपेटामा पर्ने आँकलन गरिएको छ।

आइतबार काबुल आएका विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिज्लीको विश्लेषणमा अवस्था निकै जोखिमपूर्ण हुनेछ। ‘तपाईँले अनुमान गर्न सक्ने जति नराम्रो अवस्था छ। हामी पृथ्वीमै सबैभन्दा खराव मानवीय सङ्कट खेप्न गइरहेका छौँ।

९५ प्रतिशत मानिससँग यथेष्ट खाद्यान्न छैन,’ उनी भन्छन्,‘अनि अब हामी दुई करोड ३० लाख मानिस भोकमरीको प्रकोपमा पर्न गइरहेको देख्दै छौँ। आगामी ६ महिना विपत्तिपूर्ण हुनेछ। यो पृथ्वीको नर्क हुनेछ।’

अगस्टमा तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिनुअघि असरफ गनीको सरकारले विदेशी सहायताका कारण हिउँदको समयमा भोकमरी अन्त्य हुने भनिएको थियो। तर, त्यो अपेक्षा सरकारको पतनसँगै हराएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...