News Portal

कोस्टारिकामा प्रधानमन्त्री केपी ओलीलाई पीएचडी उपाधी !

हिमाली संचार संवाददाता
८५९ पटक

काठमाण्डौ – कोस्टारिकाको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को पीएचडीको उपाधी पाउने भएका छन् ।

सान जोसमा रहेको शान्ति विश्वविद्यालय(युनिभर्सिटी फर पिस) ले उनलाई मानार्थ विद्यावारिधीको उपाधि दिनेछ । सोही क्रममा नेपालले युनिभर्सिटी फर पिसको स्थापनासम्बन्धी अन्तराष्ट्रिय सन्धीमा हस्ताक्षर गर्ने बताइएको छ ।

नेपालका तर्फबाट सन्धिमा परराष्ट्र मन्त्रालयका अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । यो सँगै नेपाल विश्वविद्यालय चार्टर अंगिकार गर्ने ४१ औँ मुलुक हुनेछ ।

यसअघि प्रधानमन्त्री ओलीलाई गत चैतमा भारतको राजकीय भ्रमणका क्रममा त्यहाँको उत्तराखण्डमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्व विद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो ।

त्यस्तै सन् २०१० मा उनलाई विवादास्पद ग्रिनफोर्ड युनिभर्सिटीले काठमाण्डुमा विशेष दीक्षान्त समारोह आयोजना गरी मानार्थ विद्यावारिधिको उपाधि दिएको थियो । काठमाण्डुटुडेबाट

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...