News Portal

एनआरएनए मकाउद्वारा आयोजित फुटबल खेलको उपाधि मादीले जित्यो

हिमालीसंचार संवाददाता
५२२ पटक

मकाउ – गैरआवासीय नेपाली संघ मकाउले आयोजना गरेको फुटबल खेल प्रतियोगिताको उपाधि मादि गाउपालिकाको टिम पोखरा-बी-१३ जितेको छ।

गैरआवासीय नेपाली संघ मकाउले मकाउमा गठीत विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुलाई समेत आमन्त्रण गरेको प्रतियोगितामा संयुक्त रुपमा रिवन काटेर खेलको उद्धाटन गरिएको खेल तोकिएको समयमा शुरु गरिएको थियो।

गैरआवासीय नेपाली संघ मकाउले नेपाली समुदायको ठुलो महान चाड बडा दशैको उपलक्षमा आयोजना गर्ने गरी कार्यक्रम तयारी गरेको भए पनी कोरोना माहामारीको कारणले स्थगित गरिएको उक्त प्रतियोगिता गत नोभेम्बर ४/५ तारिख दुई दिन मकाउको ताईपा स्थित फुटबल खेल मैदानमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरेको हो। 

आयोजित प्रतियोगितामा १२ टिमको सहभागिता रहेको अध्यक्ष राजेश प्रसाईले हिमालीसंचारडटकमलाई जानकारी दिए। नेपाली समुदायको दोस्रो ठुलो चाडको रुपमा लिईने तिहारको अबसरमा आयोजिक खेलकूद प्रतियोगितामा उल्लेख्य रुपमा नेपाली समुदाय र खेल प्रेमी मानुभावहरुको समेत उपस्थिति रहेको थियो। 

अध्यक्ष प्रसाईका अनुसार विजेता खेलाडीहरुलाई क्रमश २ हजार ५ सय हङकङ डलर, १ हजार ५ सय हङकङ डलर र तेस्रो विजेता टिमले १ हजार हङकङ डलर साथमा ट्रफी र मेडल प्रदान गरिएको थियो। त्यस्तै, उत्कृष्ट तीन खेलाडीहरुलाई समेत ट्रफी प्रदान गरिएको थियो। 

उपाधि विजेता मादि पोखरा-बी-१३ का टिम क्याप्टेन मणी गुरुङका अनुसार आयोजित प्रतियोगितामा सहभागि प्रत्येक टिम ज्यादै राम्रो थिए। हरेक टिमले राम्रो खेल प्रर्दशन गरेका थिए। अधिकांश खेलहरु बराबरीमा रोकिएको थियो।

आफ्नो टिमले पनी अनुभवी गोलकिपरका अनुभव र टिमको अनुसासनका कारण उपाधि जितेको बताएका गुरुङले यसरी खेलकूदका आयोजना हुदा नेपालीहरुको सम्बन्ध र भावना समेत जोडिने हुदा सिर्जनात्मक खेलको आयोजना गरेर यो अबसरका लागि आयोजकमा विशेष आभार व्यक्त गरेका थिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...