News Portal

एचआईएनएसका निर्देशक विनय शाहले स्व. किसन राई विरुद्ध दिएका अभिव्यक्ति किराया हङकङको ध्याकार्षण

लिखित रुपमा माफी माग्नु पर्छ - किराया हङकङ

हिमालीसंचार संवाददाता
४६५ पटक

युवा राई/हङकङ – किरात राई यायोक्खा हङकङका पूर्व अध्यक्ष, संरक्षक सदस्य तथा पूर्व उपकुलपति किसन राई नेपाल भ्रमणका क्रममा दुर्घटना भई मृत्यु भएको समाचार कान्तिपुर दैनिकमा छापिदा सो समाचारको क्लिपलाई लिएर हङकङ एकिकृत नेपाली समाज एचआईएनएसका निर्देशक विनय शाहले “धेरै पछि खुशीको समचार सुनियो। एउटा भाईरस सखाप। खुशीले मन नाचीरहेको छ।” भनी उनिहरुको ग्रुपमा दिएको अभिव्यक्तिमा किरात राई यायोक्खा हङकङको गम्भीर ध्यान आकार्षण भएको जनाएको छ।

किरात राई यायोक्खा हङकङका अध्यक्ष चन्द्रका राईका अनुसार “किरात राई यायोक्खा हङकङका अभिभावक, नेपाली जनजाति महासंघका अध्यक्ष मात्र नभएर अन्य नेपाली समुदायकै प्रतिनिधि मुलक संघसंस्थाका अग्रणी व्यक्तित्वको मृत्यु हुदा खुशी मनाउने अभिव्यक्तिले हामीलाई ज्यादै दु:खी तुल्याएको मात्रै छैन। यस्तो अमानवीय तथा ज्यादै अवान्छित कार्यको घोर निन्दा तथा भर्त्सना गर्दछु।” 

किरात राई यायोक्खा हङकङले हङकङ एकिकृत नेपाली समाज नैतिकताको जिम्मेदार वहन गर्दै आफ्नो संस्था (HINS) एचआईएनएसका निर्देशक विनय शाहलाई तुरुन्त कारवाही गरी हङकङमा रहेका आम नेपाली समुदाय माँझ लिखित माफी माग गरेकी छिन्।

हङकङ एकिकृत नेपाली समाज हङकङले विनय शाहलाई आम माफी माग्न नलगाए वा नीजलाई कुनै कार्वाही नगरे आगामी दिनमा किरात राई यायोक्खा हङकङ बाध्य भई कठोर भन्दा कठोर अन्य कारवाही गर्न अगाडि बढ्ने अध्यक्ष चन्द्रका राई र महासचिव गंगाराम राईद्वारा हस्ताक्षरित विज्ञप्तीमा चेतावनी समेत दिएको छ। शाहको यस्तो तल्लो स्तरको अभिव्यक्ति प्रति हङकङमा आलोचना मात्र नभएर उनको विरोध भईरहेको छ।

प्रतिकृया दिनुहोस्

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...